भारतले जित्यो आइसीसी टि–२० विश्वकपको उपाधि – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

भारतले जित्यो आइसीसी टि–२० विश्वकपको उपाधि

काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२४ को उपाधि भारतले जितेको छ। शनिबार राति भएको फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले १७ वर्षपछि टी–२० विश्वकपको उपाधि आफ्नो पोल्टामा पारेको हो।

यसअघि भारतले २००७ मा टी–२० विश्वकपको उपाधि जितेको थियो। दक्षिण अफ्रिकाले भने पहिलो पटक विश्वकपको उपाधि चुम्ने मौका गुमाएको छ।

भारतले दिएको १७७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ मात्र रन बनाउन सक्यो।

उसका लागि हेनरिक क्लासेनले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन। २७ बलको सामना गरेका उनले २ चौका र ५ छक्कासहित ५२ रन बनाए। उनलाई १७ औं ओभरको पहिलो बलमा हार्दिक पाण्ड्याले ऋषभ पन्तको हातबाट क्याच आउट गराएका थिए।

क्विन्टन डे ककले ३९ रनको योगदान दिए। ३१ बल खेलेका उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै ट्रिस्टन स्टब्सले २१ बलमा ३ चौका र एक छक्कासहित ३१ रन बनाए।

भारतका लागि हार्दिक पाण्ड्यले तीन विकेट लिए। तीन ओभर बलिङ गरेका उनले २० रन खर्चिए। जसप्रित बुमराह र अर्शदीप सिंहले दुईदुई विकेट लिँदा अक्षर पटेलको नाममा एकविकेट रह्यो।

यसअघि केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रन बनाएको थियो।

भारतका लागि विराट कोहलीले सर्वाधिक ७६ रन बनाए। ५९ बलको सामना गरेका कोहलीले ६ चौका र २ छक्का प्रहार गरे।

अक्षर पटेलले ३१ बलमा ४ छक्का र १ चौकासहित ४७ रन बनाए भने शिवम दुवेले १६ बलमा २७ रन बनाउँदा हार्दिक पाण्ड्या ५ रनमा नटआउट भए।

भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो। ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए। त्यस्तै तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका थिए।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एन्रिच नोर्तेजले दुई, दुई विकेट लिए। ३.२ ओभर बलिङ गरेको एन्रिचले २० रन खर्चिए, भने चार ओभर बलिङ गरेका महाराजले ४९ रन खर्चिए । त्यस्तै कागिसो रवाडा र मार्को जेन्सेनको नाममा एक÷एक विकेट रह्यो।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ असार १६, १५: ५३

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ असार १६, १५: ५३

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ असार १६, १५: ५३

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...