सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका आठ मन्त्रीले दिए राजिनामा – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै एमालेका आठ मन्त्रीले दिए राजिनामा

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै नेकपा एमालेबाट सरकारमा सहभागी एक उपप्रधानमन्त्री र सात मन्त्रीहरुले राजीनामा दिएका छन्।

चार महिनाअघि कांग्रेसका मन्त्रीहरुलाई हटाएर आफ्नै नेतृत्वको सरकारमा एमालेलाई सहभागी गराएका प्रधानमन्त्री दाहाल अहिले अल्पमतमा परेका छन्।

संसद्को दोस्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने तयारी गरेको छ।

कांग्रेस र एमालेबीच सोमबार राति आलोपालो सरकारको नेतृत्व गर्ने सात बुँदे सहमतिसहित गठबन्धन गर्ने सहमति भएको थियो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै नेतृत्वमा नयाँ सरकार गठन हुने निश्चित भएपछि पार्टीबाट मन्त्रीहरुलाई बुधबार साँझ बालकोटस्थित निवासमा बोलाएर राजीनामा दिन भनेका थिए।

बुधबार साँझ नै मन्त्रीहरुले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री दाहालसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्। वर्तमान सरकारमा एमालेले पार्टी सचिव रघुबीर महासेठको नेतृत्वमा आठ मन्त्री सहभागी थिए।

राजिनामा बुझाउनेहरुमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी , कृषि तथा सहकारी मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, महिला, वालवालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्र राई र रक्षामन्त्री हरिप्रसाद उप्रेती छन्।

संविधानको धारा ६८ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ असार १९, २२: ४२

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ असार १९, २२: ४२

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ असार १९, २२: ४२

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...