भारतको त्रिपुराका शैक्षिक संस्थामा एचआइभीको प्रकोपः ४७ विद्यार्थीको मृत्यु, ८२८ पीडित – Naya Bikalpa
February 7, 2025, Friday

भारतको त्रिपुराका शैक्षिक संस्थामा एचआइभीको प्रकोपः ४७ विद्यार्थीको मृत्यु, ८२८ पीडित

काठमाडौं। भारतको त्रिपुरा राज्यका ८२८ जना विद्यार्थीमा एचआइभी संक्रमण देखिएको छ। जसमध्ये ४७ विद्यार्थीको मृत्यु भएको बताइएको छ।

त्रिपुरा स्टेट एड्स कन्ट्रोल सोसाइटी(टीएसएसीएस)ले राज्यका २२० स्कूल र २४ कलेज तथा विश्वविद्यालयमा गरेको अनुसन्धानबाट यो तथ्यांक बाहिर आएको हो।

एचआइभी पीडितमध्ये धेरै विद्यार्थी देशका विभिन्न राज्यका विश्वविद्यालय तथा ठूला कलेजमा भर्ना भएर अध्ययन गरिरहेका छन्।

पीडितमध्ये अधिकांश सिरिन्जबाट लिइने औषधका प्रयोगकर्ता रहेको समेत पाइएको छ।

त्यस्तो अवस्थामा एचआइभी सङ्क्रमित विद्यार्थीले पहिले प्रयोग गरेको सुई अर्को विद्यार्थीले लगाएमा रोग फैलिन सक्ने सम्भावना हुन्छ।

यति मात्र होइन, पछिल्लो तथ्याङ्कले झण्डै हरेक दिन पाँचदेखि सातवटा नयाँ एचआइभी सङ्क्रमित भेटिने गरेको देखाएको छ ।

त्रिपुरा पत्रकार संघ, वेब मिडिया फोरम र टीएसएसीएसद्वारा आयोजित एक मिडिया कार्यशालामा टीएसएसीएसका सह–निर्देशक सुभ्रजित भट्टाचार्यले त्रिपुरामा एचआईभी अवस्थाको विस्तृत विवरण प्रस्तुत गरेका थिए।

“हामीले राज्य भरिका १६४ वटा स्वास्थ्य संस्थाहरूको तथ्यांक हेर्यौं। एआरटी (एन्टिरेट्रो भाइरल थेरापी) केन्द्रहरूमा ८, ७२९ व्यक्तिहरूको तथ्यांक दर्ता गरेका छौं। जसमध्ये एचआइभीबाट पीडितको संख्या ५,६७४ रहेको छ।

त्यसमा पनि ४ हजार ५७० पुरुष छन् भने १ हजार १०३ महिला छन्। ती बिरामीहरूमध्ये एक मात्र ट्रान्सजेन्डर हुन्’ उनले भने ।

बुवाआमा सरकारी जागिरमा छन् भने उनीहरूले आफ्ना छोराछोरी लागुऔषधको लतमा फसेको थाहा नपाउने गरेको अध्ययनले देखाएको छ।

 

सम्बन्धित समाचार

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने
  • २०८१ असार २६, १५: ४३

काठमाडौं : चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५...

विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
विपिन रिहाइको पहल : परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
  • २०८१ असार २६, १५: ४३

काठमाडौंः हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवक विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इस्लामिक गणतन्त्र...

विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
  • २०८१ असार २६, १५: ४३

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा...