भारतको त्रिपुराका शैक्षिक संस्थामा एचआइभीको प्रकोपः ४७ विद्यार्थीको मृत्यु, ८२८ पीडित – Naya Bikalpa
July 30, 2026, Thursday      Epaper

भारतको त्रिपुराका शैक्षिक संस्थामा एचआइभीको प्रकोपः ४७ विद्यार्थीको मृत्यु, ८२८ पीडित

काठमाडौं। भारतको त्रिपुरा राज्यका ८२८ जना विद्यार्थीमा एचआइभी संक्रमण देखिएको छ। जसमध्ये ४७ विद्यार्थीको मृत्यु भएको बताइएको छ।

त्रिपुरा स्टेट एड्स कन्ट्रोल सोसाइटी(टीएसएसीएस)ले राज्यका २२० स्कूल र २४ कलेज तथा विश्वविद्यालयमा गरेको अनुसन्धानबाट यो तथ्यांक बाहिर आएको हो।

एचआइभी पीडितमध्ये धेरै विद्यार्थी देशका विभिन्न राज्यका विश्वविद्यालय तथा ठूला कलेजमा भर्ना भएर अध्ययन गरिरहेका छन्।

पीडितमध्ये अधिकांश सिरिन्जबाट लिइने औषधका प्रयोगकर्ता रहेको समेत पाइएको छ।

त्यस्तो अवस्थामा एचआइभी सङ्क्रमित विद्यार्थीले पहिले प्रयोग गरेको सुई अर्को विद्यार्थीले लगाएमा रोग फैलिन सक्ने सम्भावना हुन्छ।

यति मात्र होइन, पछिल्लो तथ्याङ्कले झण्डै हरेक दिन पाँचदेखि सातवटा नयाँ एचआइभी सङ्क्रमित भेटिने गरेको देखाएको छ ।

त्रिपुरा पत्रकार संघ, वेब मिडिया फोरम र टीएसएसीएसद्वारा आयोजित एक मिडिया कार्यशालामा टीएसएसीएसका सह–निर्देशक सुभ्रजित भट्टाचार्यले त्रिपुरामा एचआईभी अवस्थाको विस्तृत विवरण प्रस्तुत गरेका थिए।

“हामीले राज्य भरिका १६४ वटा स्वास्थ्य संस्थाहरूको तथ्यांक हेर्यौं। एआरटी (एन्टिरेट्रो भाइरल थेरापी) केन्द्रहरूमा ८, ७२९ व्यक्तिहरूको तथ्यांक दर्ता गरेका छौं। जसमध्ये एचआइभीबाट पीडितको संख्या ५,६७४ रहेको छ।

त्यसमा पनि ४ हजार ५७० पुरुष छन् भने १ हजार १०३ महिला छन्। ती बिरामीहरूमध्ये एक मात्र ट्रान्सजेन्डर हुन्’ उनले भने ।

बुवाआमा सरकारी जागिरमा छन् भने उनीहरूले आफ्ना छोराछोरी लागुऔषधको लतमा फसेको थाहा नपाउने गरेको अध्ययनले देखाएको छ।

 

सम्बन्धित समाचार

लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
लघुवित्त पीडितसँग वार्ता गर्न अर्थमन्त्रीद्वारा समिति गठन
  • २०८१ असार २६, १५: ४३

काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले...

कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
कार्गो क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने मुख्यमन्त्री बानियाँको प्रतिबद्धता
  • २०८१ असार २६, १५: ४३

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कार्गो तथा फ्रेट फरवार्डिङ क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग आवश्यक समन्वय र...

संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
संसद्‍मा एमालेले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा
  • २०८१ असार २६, १५: ४३

काठमाडौं : नेकपा (एमाले)की संसदीय दलकी उपनेता तथा पूर्वमन्त्री पद्मा अर्यालले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकको जिउधनको रक्षा...