काठमाडौं। कृषि विकास बहुउद्देश्यीय सहकारीको बचतकर्ताको रकम अपचलन गरेको आरोपमा १२ जना विरुद्ध मुद्दा दायर भएको छ।
करिब एक अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा सो सहकारीका सञ्चालक समिति अध्यक्षसहित १३ जनालाई प्रतिवादी बनाएर ललितपुर जिल्ला अदालतमा मुद्दा दायर भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले बताए।
प्रहरीका अनुसार प्रतिवादी १३ मध्ये ८ जना फरार छन् भने चार जना प्रहरी हिरासतमा छन्। एक जनाको मृत्यु भइसकेको छ।
असार १ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको ब्यास नगरपालिका–११ घर भई हाल काठमाडौंको गोकर्ण बस्ने सो सहकारीका अध्यक्ष तेजविक्रम थापा, उनकी श्रीमती सजना राजकर्णीकार, सदस्यद्वय भीमसेन महर्जन र सञ्जय सापकोटालाई पक्राउ गरी जिल्ला प्रहरी प्रहरी परिसर ललितपुरलाई बुझाएको थियो।
२५ दिन लामो अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय ललितपुर पठाइएकोमा ललितपुर जिल्ला अदालतमा मुद्दा दर्ता भएको हो।
पक्राउ परेका चारबाहेक अन्यलाई फरार प्रतिवादी बनाइएको छ। फरार प्रतिवादीहरूमा सहकारीका उपाध्यक्ष उमेशजंग थापा, सचिव कृष्णबहादुर घर्ती क्षेत्री, सदस्य विष्णुकुमार महत, लेखा सुपरीक्षण समिति संयोजक पदम मास्की, लेखा सुपरीक्षण समिति सदस्य राज श्रेष्ठ, विकेश ताम्राकार र महाप्रबन्धक सन्तोषराज भण्डारी छन्।
सहकारीका कोषाध्यक्ष निरेश थापा मगरको मृत्यु भइसकेकाले उनको हकमा बिगोको मात्रै मागदाबी गर्दै मुद्दा दर्ता भएको छ।
सो समूहले ५९१ बचतकर्ताको ९६ करोड २ लाख ६१ हजार ६४९ रुपैयाँ अपचलन भएको भन्दै ७२ वटा जाहेरी परेको थियो । सोही बमोजिमको बिगो, जरिवाना र कैद मागदाबी गर्दै सहकारी ठगीको कसुरमा मुद्दा दर्ता भएको हो।
मुलुकी फौजदारी अपराध संहिताको दफा २४९ अन्तर्गतको ठगी कसुरमा मुद्दा दर्ता गरिएको छ। उक्त कसुरमा ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
काठमाडौं : भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू नेपाली कांग्रेस तथा नेकपा एमाले र प्रतिपक्षी माओवादीबीच २...
काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...
काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...