लेखकको कटाक्षः प्रधानमन्त्री पीडामा हुनुहुन्छ धेरै टिप्पणी गर्दिनँ – Naya Bikalpa
February 6, 2025, Thursday
प्रतिपक्ष दलको ठीक नेताको रुपमा प्रधानमन्त्री दाहाललाई देखियो

लेखकको कटाक्षः प्रधानमन्त्री पीडामा हुनुहुन्छ धेरै टिप्पणी गर्दिनँ

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पीडामा रहेकाले धेरै टिप्पणी नगर्ने बताएका छन्।

प्रधानमन्त्री दाहालले विश्वासको मत लिनका लागि पेश गरेको प्रस्तावमाथिको छलफलमा बोल्दै लेखकले भने,‘पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु मात्र हो।’

लेखकले प्रधानमन्त्रीले राखेका सबै विषयप्रति आफूहरुको असहमति रहेको भन्दै कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही गरेर थप कटुता मात्रै पैदा गर्ने पक्षमा आफू नरहेको बताए।

प्रतिपक्ष दलको नेताका रुपमा प्रचण्डलाई देखिसकेकाले सदनमा प्रतिपक्षीय शक्ति कमजोर नहुने उनले बताए।

‘आज प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ’, लेखकले भने।

बरु प्रचण्डलाई ठीक जिम्मेवारी दिन नसक्नु गल्ती हो कि भन्ने लागेको कटाक्ष गर्दै उनले भने ‘यस्तो जबरजस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो–अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि?’

 

सम्बन्धित समाचार

सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
सरकारको मनोमानी कर आतंक बारेमा अर्थबिज्ञ सहितको सहभागितामा अन्तरक्रिया कार्यक्रम गर्दै आजपा
  • २०८१ असार २८, १७: १४

काठमाडौं । आम जनता पार्टी (आजपा) ले सरकारको मनपरी कर आतंकको बारेमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दैछ । शनिबार रिपोर्टर्स क्लब...

रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
  • २०८१ असार २८, १७: १४

काठमाडौं : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ...

नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
नेप्से परिसूचकमा ११ दशमलव ६४ अंकको गिरावट
  • २०८१ असार २८, १७: १४

काठमाडौंः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज ११ दशमलव ६४ अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ११ दशमलव...