
काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पीडामा रहेकाले धेरै टिप्पणी नगर्ने बताएका छन्।
प्रधानमन्त्री दाहालले विश्वासको मत लिनका लागि पेश गरेको प्रस्तावमाथिको छलफलमा बोल्दै लेखकले भने,‘पीडामा भएको व्यक्तिमाथि थप टिप्पणी गर्नु भनेको झन् पीडा थप्नु मात्र हो।’
लेखकले प्रधानमन्त्रीले राखेका सबै विषयप्रति आफूहरुको असहमति रहेको भन्दै कुनै विषयको खण्डनमण्डन, प्रतिवाद, प्रतिउत्तर केही गरेर थप कटुता मात्रै पैदा गर्ने पक्षमा आफू नरहेको बताए।
प्रतिपक्ष दलको नेताका रुपमा प्रचण्डलाई देखिसकेकाले सदनमा प्रतिपक्षीय शक्ति कमजोर नहुने उनले बताए।
‘आज प्रधानमन्त्रीजी प्रधानमन्त्रीकै रुपमा रोष्टममा उभिँदा प्रमुख प्रतिपक्षी दलको ठीक नेताका रुपमा देखिसकेको हुँदा अब संसदमा प्रतिपक्ष कमजोर हुन्न कि भन्ने लाग्छ’, लेखकले भने।
बरु प्रचण्डलाई ठीक जिम्मेवारी दिन नसक्नु गल्ती हो कि भन्ने लागेको कटाक्ष गर्दै उनले भने ‘यस्तो जबरजस्त प्रतिपक्ष दलका नेता हुनसक्ने व्यक्तिलाई लामो समय प्रधानमन्त्री बनाएर हामीले हिजो–अस्ती प्रतिपक्षलाई कमजोर गर्यौं कि?’
काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...
काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...
काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...