
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा नेकपा एमालेले ८ वटा मन्त्रालय पाएको छ। प्रधानमन्त्रीसहित सरकारमा एमालेका ९ जना नेताको सहभागिता रहने जनाइएको छ।
प्रधानमन्त्रीसहित अर्थ, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा मन्त्रालय एमालेको भागमा परेका छन्। एक नेताका अनुसार एमालेले भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालय पनि पाएको छ।
यसबाहेक भौतिक पूर्वाधार, सञ्चार र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय एमालेको भागमा परेको ती नेताले जानकारी दिए। मन्त्रालय टुंगिए पनि एमालेबाट सरकारमा जाने मन्त्रीहरू सबैको नाम भने अझै तय भइसकेको छैन ।
बाहिर चर्चा आएका नामहरू अनुमानात्मक रहेको भन्दै उनले यसपटक अनुभवी र सिनियर नेताहरूसहित एकाध नयाँले अवसर पाउने बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले शीर्ष नेताहरूसँग मन्त्रीका नामबारे अन्तिम चरणमा परामर्श गर्ने बताइएको छ ।
एमालेले पाएका मन्त्रालयहरू चलाउन सक्ने अनुभवी, योग्य तर त्यस मन्त्रालयको विषयगत ज्ञान भएकै नेताहरूलाई पठाइने भएको छ ।
सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्स विजयी भएको छ । जारी सिजनको आफ्नो अन्तिम...