संसदीय समितिका १८ सदस्य हेरफेर, पुष्पकमल, पूर्णबहादुर र रबी राज्यव्यवस्था समितिमा – Naya Bikalpa
December 14, 2024, Saturday

संसदीय समितिका १८ सदस्य हेरफेर, पुष्पकमल, पूर्णबहादुर र रबी राज्यव्यवस्था समितिमा

काठमाडौं। संघीय संसद्को एउटा संयुक्त समिति र अरु प्रतिनिधि सभा मातहतका संसदीय समितिका सदस्यहरू हेरफेर भएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख देवराज घिमिरेले समितिका सदस्यहरूको नाम हेरफेरका लागि गरेको प्रस्ताव सदनले अनुमोदन गरेको छ।

राज्यव्यवस्था तथा सुशासन समितिको सदस्यमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति था निवर्तमान गृहमन्त्री रबी लामिछानेलाई राखिएको छ।

यस्तै महत्वपूर्ण मानिएको संसदीय सुनुवाइ समितिमा रहेका रमेश लेखकको स्थानमा श्याम घिमिरेलाई र डा.स्वर्णिम वाग्लेको स्थानमा रास्वपाका डोलप्रसाद अर्याललाई राखिएको छ। लेखक गृहमन्त्री भएकाले राज्य व्यवस्था समितिमा पदेन सदस्य हुन्छन्।

लेखकको स्थानमा कांग्रेसले हाले प्रमुख सचेतकमा नियुक्त गरेका श्यामप्रसाद घिमिरेलाई ल्याएको थियो।

यस्तै निवर्तमान मन्त्रीहरु एमालेका पदम गिरी र भगवती चौधरी, माओबादीका वर्षमान पुन र रास्वपाका विराजभक्त श्रेष्ठ अर्थ समितिका सदस्य भएका छन्।

निवर्तमान रक्षा मन्त्री एमालेका हरिप्रसाद उप्रेती अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिमा र हितबहादुर तामाङ पर्यटन समितिको सदस्य भएका छन्।

रघुवीर महासेठ र डोलप्रसाद अर्याल उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सदस्य भएका छन् भने ज्वालाकुमारी साह कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सदस्य भएकी छन्।

शक्ति बहादुर बस्नेत पूर्वाधार विकास समिति सदस्यमा आएका छन्। सांसदहरु रेखा शर्मा र सुमना श्रेष्ठ शिक्षा, स्वास्थ्य तथा सूचना समितिको सदस्य बनेका छन् उनीहरु तीनै जना पूर्ववती सरकारका मन्त्रीहरु हुन्।

राज्यव्यवस्था तथा सुशासन समितिबाट हरि ढकाल सार्वजनिक लेखा समितिमा पुगेका छन् भने मिना यादव शिक्षा स्वास्थ्यबाट कृषि सहकारी समितिको सदस्य बनेकी छन् ।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ श्रावण ८, १७: ३२

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ श्रावण ८, १७: ३२

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ श्रावण ८, १७: ३२

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...