हालसम्म रुसी सेनामा भर्ना भएका ३४ नेपालीको मृत्यु, ६ जना युक्रेनमा बन्धक – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

हालसम्म रुसी सेनामा भर्ना भएका ३४ नेपालीको मृत्यु, ६ जना युक्रेनमा बन्धक

काठमाडौं। रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म ३४ जना नेपाली नागरिको मृत्यु भएको छ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा लागेकामध्ये छ जना घाईते भएको जानकारी दिएकी हुन्।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले उक्त जानकारी दिएकी हुन्। मृत्यु भएकाहरूको शव नेपाल झिकाउन २२ जनाको डीएनए परीक्षणका लागि पठाइएको छ।

रुसी सेनाको पक्षबाट लडिरहेका ६ जना नेपालीलाई युक्रेनी सेनाले बन्धक बनाएर राखेको पनि उनले बताइन्।

रुसी सेनामा भर्ती भएकामध्ये अहिलेसम्म १५० नेपाली स्वदेश फर्किसकेका छन्। हालसम्म ३२३ जनाको उद्धारको लागि परराष्ट्र मन्त्रालयमा निवेदन परेको जनाइएको छ।

तीमध्ये सम्पर्कमै नरहेको भनेर ११६ जनाको उद्धारका लागि उनीहरूका परिवारका सदस्यहरुले परराष्ट्र मन्त्रालयमा निवेदन दिएका छन्। उनीहरूको उद्धारका लागि पहल भइरहेको मन्त्री राणाले बताइन्।

इजरायल हमास युद्धमा परेर अहिले हमासको नियन्त्रणमा रहेको भनिएका कञ्चनपुरका विपिन जोशीको उद्धारका लागि पनि नेपाल सरकारले बहुपक्षीयस्तरमा कूटनीतिक पहल जारी राखेको उनले बताइन।

पछिल्लो समय बांग्लादेशमा सरकारी जागिरमा कोटा प्रणालीलाई लिएर भड्केको हिंसाका कारण त्यहाँ रहेका एक हजार ४०० नेपाली विद्यार्थी स्वदेश फर्किसकेका उनले बताइन्।

 

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०८१ श्रावण १०, १४: १३

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०८१ श्रावण १०, १४: १३

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०८१ श्रावण १०, १४: १३

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...