काभा महिला भलिबलको नेपाल र भारतबीच हुने फाइनल खेल हेर्न प्रधानमन्त्री जाँदै – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

काभा महिला भलिबलको नेपाल र भारतबीच हुने फाइनल खेल हेर्न प्रधानमन्त्री जाँदै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली नेपाल र भारतबीच हुने काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न आज दशरथ रंगशाला जाने भएका छन्।

उपाधिका लागि नेपालले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा दिउँसो सवा ४ बजे भारतसँग भिँड्दैछ।

नेपालले सेमिफाइनलमा इरानलाई हराउँदै मंगलबार फाइनलमा पुगेको थियो। भारतले भने श्रीलंकालाई हराएर फाइनलमा स्थान पक्का गरेको हो।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमै उपाधि गुमाएको नेपाली टोलीलाई यो बदला लिने अवसर हो।

लिग चरणमा भारतलाई पराजित गरेको नेपालको मनोवल उच्च छ।

नेपालले सेमिफाइनलमा इरानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ श्रावण २३, १३: ०९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ श्रावण २३, १३: ०९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ श्रावण २३, १३: ०९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...