‘अक्वा त्रिदेव’ जारको पानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिवाना – Naya Bikalpa
December 10, 2025, Wednesday      Epaper

‘अक्वा त्रिदेव’ जारको पानीमा कोलिफर्म भेटिएपछि २ लाख जरिवाना

काठमाडौं। काठमाडौं उपत्यकामा वितरण हुने ‘अक्वा त्रिदेव’ ब्राण्डबाट उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना तिराउने भएको छ।

तारकेश्वर नगरपालिका– १० मा सञ्चालित जाम्बुलिङ्गा ग्रुप इष्डष्ट्रीद्वारा उत्पादित जारको पानीमा कोलिफर्म भेटिएपछि महानगरपालिकाले जरिवाना तिराउने निर्णय गरेको हो।

साउन २५ गते गोङ्गवु क्षेत्रबाट विभिन्न ५ वटा ब्राण्डका नामबाट उत्पादन भएका २० लिटरका जारबाट पानीको नमुना लिइएको थियो।

यसरी लिइएको नमुना काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो। परिक्षणको रिपोर्टमा अक्वा त्रिदेव ब्राण्डको पानीमा फिकल कोलिफर्म भेटिको निरीक्षण अधिकृत डा.अवधेश झाकाले बताए।

प्रति १ सय मिलिलिटर नमुनामा ३०० भन्दा बढी कोलनी फर्मिङ् युनिट सिएफयु देखिएको उनले बताए। डा. झाका अनुसार जरिवाना गरिएसँगै यो ब्याचमा उत्पादन भएको सबै पानी बिक्रीमा प्रतिबन्ध लगाइएको छ।

सरकारको खाद्य तथा दाना पदार्थको अनिवार्य गुणस्तर मापदण्ड २०८० बमोजिम प्रशोधित पिउने पानीमा कोलिफर्म शून्य हुनुपर्छ।

पानीमा सिएफयु ३ सयभन्दा धेरै देखिनु भनेको पानीको स्रोतमा सरसफाइ नभएको वा प्रशोधन प्रक्रिया पूरा नभएको देखिन्छ।

कोलिफर्मको स्रोत मानव वा पशुको दिशा हो। यसमा भिब्रो कोलेरा भने शून्य देखाएको छ।

सम्बन्धित समाचार

लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन : प्रधानमन्त्री कार्की
  • २०८१ श्रावण ३१, १७: १८

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले लोकतन्त्रको आत्मा स्वच्छ र निष्पक्ष निर्वाचन भएको बताएकी छन् । ७७औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको...

चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
चन्द्र भण्डारीको सभापतिमा उम्मेदवारी घोषणा
  • २०८१ श्रावण ३१, १७: १८

काठमाडौं।नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् १५ औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी...

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
  • २०८१ श्रावण ३१, १७: १८

काठमाडौँ : नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख...