
काठमाडौं : महिला टी-२० विश्वकप २०२४ बंगलादेशबाट यूएई सरेको छ ।
आइसीसीले असुरक्षाको कारण देखाएर प्रतियोगिता बंगलादेशबाट यूएई सारेको हो । यूएईमा विश्वकप आयोजना हुने भए पनि आयोजनाको अधिकार भने बंगलादेशकै रहने छ ।
नवौं संस्करणको विश्वकप यही आउँदा अक्टोबरमा बंगलादेशमा आयोजना गर्ने आईसीसीको तयारी थियो।
बंगलादेशमा जुलाई र अगस्टमा देशव्यापी सरकार विरोधी आन्दोलनपछि आइसीसीले कार्यक्रम स्थल परिवर्तन गरेको हो । विद्यार्थी आन्दोलनपछि तत्कालिन प्रधानमन्त्री शेख हसिना राजिनामा दिएर भारतको शरणामा पुगेकी थिइन् ।
त्यहाँ अहिले अन्तरिम सरकार गठन भएको छ । तर बंगलादेशबाट तोडफोड र लुटपाटका साथै हिंसात्मक गतिविधिका घटनाहरू निरन्तर भइरहेकाले आईसीसीले यो निणर्य गरेको हो ।
बंगलादेशको तर्फबाट यूएई क्रिकेट बोर्डले प्रतियोगिता व्यवस्थापन गर्नेछ । अक्टोबर ३ देखि २० तारिखसम्म हुने प्रतियोगिता दुबई र सारजहा अन्तर्राष्ट्रिय रंगशालामा हुने भएको छ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले काठमाडौं गोर्खाजलाई २२५ रनको...