नेकपा एसको उपाध्यक्षमा झाँक्रीले दिइन् उम्मेदवारी – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
पदाधिकारी १७ पदमा ६८ जना उम्मेदवार

नेकपा एसको उपाध्यक्षमा झाँक्रीले दिइन् उम्मेदवारी

काठमाडौं। नेकपा एकीकृत समाजवादीको उपाध्यक्षमा पार्टीकी पूर्वसचिव रामकुमारी झाक्रीले उम्मेदवारी दिएकी छ्न्।

एक महिनाअघि सम्पन्न पार्टीको दशौ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष र महासचिवबाहेक पदाधिकारी टुंगो लगाउन सकेको थिएन। सहमतिमै पदाधिकारी समेत चयन गर्ने गरी योजना बनेको भएपनि सहमती हुन नसकेपछि निर्वाचनबाट टुंगो लगाउन आज पदाधिकारीको लागि मतदान भइरहेको छ।

अब पार्टीका केन्द्रीय कमिटी सदस्यहरुले मतदानमार्फत नेतृत्व चयन गर्नेछन्। पार्टीको वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्रप्रसाद पाण्डे निर्बिरोध निर्वाचित भएका छन्।

पाण्डेसँगै उम्मेदवारी दिएका घनेन्द्र बस्नेतले उम्मेदवारी फिर्ता लिएपछि पाण्डे सर्वसम्मतले बरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एसमा महिला, र मधेशी उपाध्यक्ष २ पदमा ४ जनाको, खुल्ला ४ उपाध्यक्षमा ११ जनाको र उपमहासचिव ४ पदमा २० जनाको उम्मेदवारी परेको छ।

यस्तै सचिव दलित र आदिवासी जनजाति २ पदमा ६ जनाको र खुल्ला सचिव ५ पदमा २७ गरी १७ पदाधिकारीमा ६८ जनाको उम्मेदवारी परेको छ।

नेकपा एसको १०५ सदस्यीय पोलिटव्युरो सदस्यको लागि भएको निर्वाचनमा २०४ जनाले उम्मेदवारी दिएइका छन्। आज पदाधिकारी र पोलिटव्युरो सदस्य गरी १२२ पदको लागि २७२ जना चुनावी मैदानमा उत्रिएका हुन्।

हेर्नुस् उम्मेदवारको सूची – CPN us candidate 1

 

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०८१ भाद्र ११, १६: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०८१ भाद्र ११, १६: १५

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०८१ भाद्र ११, १६: १५

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...