पोखरा। गण्डकी सरकारका मन्त्री दीपक मनाङेले आफूले रोजेको मन्त्रालय परिवर्तन गरेको भन्दै पदबाट राजीनामा दिएका छन्। उनले सोमबार अपरान्ह पेश गरेको राजीनामा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै स्वीकृत गरेका हुन्।
पाण्डे नेतृत्वको प्रदेश सरकारमा सत्ता साझेदार दल नेकपा एमालेबाट ४ जनालाई समावेस गर्दा मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालयबाट जिम्मेवारी परिवर्तन गरी वन मन्त्री बनाएपछि रुष्ट भएपछि उनले राजिनामा दिएका हुन्।
मुख्यमन्त्रीको निर्णयबाट असन्तुष्ट मनाङेले अपरान्ह स्वकीय सचिव सन्तोष अधिकारीमार्फत राजीनामा पठाएका थिए।
मुख्यमन्त्री पाण्डेले सत्ता साझेदार नेकपा एमालेको असन्तुष्टिका बाबजुद आफूले मनाङेलाई मन्त्रिपरिषदमै राखेको तर उनले आफैं राजीनामा गरेका कारण स्वीकृत गरेको बताएका छन्।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...