एनपीएलका आठ टिमले पाए मार्की खेलाडी, कुन खेलाडी कुन टिममा ? – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एनपीएलका आठ टिमले पाए मार्की खेलाडी, कुन खेलाडी कुन टिममा ?

काठमाडौं : नेपाल प्रिमियर लिगका मार्की प्लेयर छनोट भएका छन् । शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच लिगमा सहभागी आठ टिमले मार्की प्लेयर छनोट गरेका हुन् । नेपाल क्रिकेट संघ क्यानले शनिबार गोला प्रथाबाट आठ मार्की खेलाडी छुटाइदिएको हो ।

जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन् ।

एउटा मार्की खेलाडीले उक्त टिममा तीन वर्ष खेल्नुपर्ने हुन्छ । मार्की खेलाडीलाई राख्न पाउने र रिलिज गर्ने अधिकार फ्रेन्चाइज टिमको हुनेछ र यसका लागि उसले क्यानसँग समन्वय गर्नुपर्ने बताइएको छ ।

एनपीएल २०२४ को खेल ३० नोभेम्बरदेखि सुरु हुनेछ र २१ डिसेम्बरसम्म चल्नेछ ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ भाद्र २९, १५: ४४

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ भाद्र २९, १५: ४४

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ भाद्र २९, १५: ४४

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...