विश्वकप लिग–२ मा नेपालको क्यानडासँग १०३ रनको फराकिलो हार – Naya Bikalpa
June 13, 2025, Friday      Epaper

विश्वकप लिग–२ मा नेपालको क्यानडासँग १०३ रनको फराकिलो हार

काठमाडौं। नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत क्यानडासँग लज्जास्पद हार बेहोरेको छ।

गएराती सम्पन्न खेलमा नेपाल क्यानडासँग १०३ रनको फराकिलो हार बेहोरेको हो । क्यानडाले दिएको २५४ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा १५० रन बनाएर अल आउट भएको थियो ।

नेपालका लागि करण केसीले सर्बाधिक २७ रन बनाएका थिए भने सन्दीप लामिछानेले २२, आसिफ सेखले २०, भिम सार्कीले १८, गुलशन झाले १५, कुशल मल्लले १२ रन बनाएका थिए । त्यस्तै कुशल भुर्तेलले १, कप्तान रोहित पौडेलले ५, दिपेन्द्र सिंह ऐरीले ८, सोमपाल कामीले ६ रन बनाएका थिए ।

त्यसैगरी क्यानडाका बलर डिलोन हेयलिगेरले सर्बाधिक ५ विकेट लिएका थिए भने अखिल कुमार र अंश पटेलले २–२ विकेट लिएका थिए । त्यस्तै साद बिन जफरले एक एक विकेट लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाउदै २५३ रन बनाएको थियो । क्यानडाका लागि कप्तान निकोलस कृतनले सर्बाधिक ७३ रन बनाएका थिए भने नवनीत धालिवालले ४८ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर सोमपाल कामी र ललित राजबंशीले २–२ तथा सन्दीप लामिछाने, गुलशन झा र कप्तान रोहित पौडेलले एक एक विकेट लिएका थिए ।

यो जितपछि क्यानडाले लिग–२ मा ९ खेलमा १० अंक हासिल गर्दै दोस्रो स्थानमा उक्लिएको छ । त्यस्तै नेपालको भने लिग–२ मा यो चौथो हार हो । ५ खेलमा एक मात्र जित हासिल गरेको नेपालको २ अंक छ र अंक तालिकामा सातौं स्थानमा छ ।

अब नेपालले अर्को खेल बुधबार ओमानविरुद्ध खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार

कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
कूटनीतिक ‘इंगेजमेन्ट’ बढाएका छौं, परिणाम राम्रै निस्किन्छ : परराष्ट्रमन्त्री
  • २०८१ आश्विन १, १३: ०९

काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले परराष्ट्र मन्त्रालयले कूटनीतिक सक्रियताका साथ ‘इङ्गेजमेन्ट’ बढाइएको र यसबाट देशको परराष्ट्र सम्बन्धमा राम्रै परिणाम...

कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असार १५ गते बस्ने
  • २०८१ आश्विन १, १३: ०९

काठमाडौंः नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । ९ महिनादेखि केन्द्रीय समितिको बैठक नगरेको कांग्रेसले असार १५ गतेका लागि...

बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
बमको धम्कीपछि एयर इन्डियाको विमान थाइल्यान्डमै फिर्ता
  • २०८१ आश्विन १, १३: ०९

काठमाडौंः थाइल्यान्डको फुकेट टापुबाट नयाँदिल्ली जाने एयर इन्डियाको उडानमा बमको खतरापछि उडान भरेको केही समयपछि शुक्रबार आपत्कालीन अवतरण गर्न बाध्य...