
हेटौंडा। पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवर्द्धन र एसियाली खेलकुदमा रजत जितेकी एरिका गुरूङलाई बागमती प्रदेश सरकारले आज नगदसहित सम्मान गरेको छ।
हेटौंडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो।
प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ। यसैगरी, एसियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिका गुरुङलाई ५ लाख नगदसहित सम्मान गरिएको हो।
एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उनकी आमा रत्ना गुरुङले सम्मान ग्रहण गरिन्।
उनका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ। यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो। कार्यक्रम अघि पलेशा र उनका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...