
काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लब एक खेल अगावै सेन्ट्रल एसियन भलिबल एसोसिएसन महिला क्लब (काभा) च्याम्पियसिपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार माल्दिभ्सको क्लब वाम्कोविरुद्ध ३–२ सेटको रोमाञ्चक निकाल्यो। पहिलो सेट २१–२५ ले गुमाएको पुलिसले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पर्यो।
तेस्रो सेटमा २१–२५ ले पछि परेको पुलिसले चौथो सेटमा २५–१८ को जित निकाल्दै खेललाई पाँचौं सेटसम्म लम्ब्यायो। पाँचौं तथा निर्णायक सेट १५–१३ ले पक्षमा पार्दै पुलिसले आफ्नो विजयी यात्रा लगातार चौथो खेलसम्म पनि कायम राख्यो।
माल्दिभ्सको मालेमा जारी प्रतियोगितामा पुलिस चौथो शीर्ष स्थानमा छ।
यसअघि पुलिसले उज्वेकिस्तानको हुमो भलिबल क्लब, श्रीलंकाको श्रीलंका एयर फोर्स र ताजकिस्तानको डाइमेड भलिबल क्लबलाई समान ३–० को सेटमा पराजित गरेको थियो।
लिग चरणको अन्तिम खेलमा पुलिसले आज माल्दिभ्स पुलिस क्लबसँग खेल्नेछ। खेल नेपाली समय अनुसार पौने छ बजे सुरु हुनेछ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...