रौतहटको राजपुर नगर क्षेत्रमा हैजा पुष्टि, प्रशासनद्वारा ४ नम्वर वडालाई निषेधित घोषणा – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

रौतहटको राजपुर नगर क्षेत्रमा हैजा पुष्टि, प्रशासनद्वारा ४ नम्वर वडालाई निषेधित घोषणा

गौर। रौतहट जिल्लाको राजपुर नगरपालिकाको दुई वडामा फैलिएको झाडा पखाला हैजा पुष्टि भएको छ।

हैजा पुष्टी भएसँगै अन्य समुदायमा फैलिन नदिन जिल्ला प्रशासन कार्यालय रौतहटले राजपुर नगरपालिका वडा नंमवर ४ लाई निषेधित क्षेत्र घोषणा गरेको छ।

जिल्ला प्रशासन कार्यालय रौतहटले आइतबार एक सूचना जारी गर्दै राजापुर नगरपालिका–४ स्थित जोबैर चोकदेखि मदनी चोक, शेख अब्दुल्लाहको खलीहानदेखि डाक्टर नुरुल होदाको घरसम्मको वरिपरी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो।

उक्त क्षेत्रमा स्वास्थ कार्यालय प्रमुखको अनुमति बिना स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाईकर्मी, अत्यावश्यक कामबाहेक कुनै व्यक्ति हिँडडुल गर्न नपाउने प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ।

एक अर्काको घर वा बस्तीमा आवतजावत नियन्त्रण गर्ने, अत्यावश्यक बाहेक सवारीसाधन जान नपाइने, उक्त क्षेत्रमा माछा मासु ओसारपसार, बिक्री वितरण गर्न नपाउने, स्थानिय स्वास्थ्य शाखाबाट जारी आदेश पूर्ण पालना गर्ने गराउने सूचनामा उल्लेख छ।

राजपुर नगरपालिकाको पत्रअनुसार वडा ४ मा गत २ गते १ जनामा झाडा पखाला देखिएको त्यसपछि क्रमशः बढ्दै गएको तथा आरडिटी र कल्चरको रिपोर्ट पोजिटिभ आउँदा रोकथाम नियन्त्रण तथा अन्य समुदायमा फैलिन नदिन प्रभावित क्षेत्रमा मानिसको आवतजावतलगायत गतिविधि तत्काल रोक्न सहयोगको लागि अनुरोध गरिएको थियो।

नगरपालिकाको आग्रहसँगै सुरक्षा निकायका प्रमुखसहित डाक्टरको टोलीले हैजा प्रभावित क्षेत्रमा अनुगमन निरीक्षण गरेपछि दुई वडा निषेधित क्षेत्र घोषणा गरिएको प्रजिअ रेग्मीले जनाए।

प्रजिअ रेग्मी, नेपाल प्रहरीका एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरीका एसपी बिक्रम हुमागाईं राष्ट्रिय अनुसन्धानका एसपी अभिनय कुमार सिंहसहित सुरक्षा अधिकारीको टोली हैजा प्रभावित क्षेत्र राजापुर ३ र ४ को स्थलगत अनुगमन गरेको थियो।

त्यसअघि प्रादेशिक अस्पताल गौरको मेडिकल सुपरिन्डेन्ट डाक्टर मुरारी ठाकुरको नेतृत्वमा शनिबार आवश्यक औषधिसहित पुगेको थियो।

राजपुर ३ र ४ मा झाडा पखालाको प्रकोप फैलिएको छ। बिहीबार र शुक्रबार गरी २२ जना झाडा पखालाका बिरामी उपचार गराउन प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा गएका थिए।

सोमध्ये ७ जना बिरामीको दिशाको सेम्पल टेष्टको लागि प्रादेशिक अस्पताल गौरमा आरडिटी प्रविधिबाट र जनकपुर अस्पतालमा कल्चर गर्दा हैजाको जीवाणु फेला परेको डाक्टर ठाकुरले जानकारी दिएका छन् ।

२२ जना बिरामीमध्ये प्राथमिक स्वास्थ्य केन्द्र राजपुरमा महिला १०, बालबालिका ७ र एक जना पुरुष गरी अहिले १८ जना भर्ना गरेर उपचार भइरहेको छ।

बिरामीको लागि बेडलगायत बिभिन्न बन्दोबस्तीका सामान सशस्त्र प्रहरीको टोलीले उपलब्ध गरिएको राजापुरको नगर स्वास्थ्य संयोजक खुर्शैद आलमले बताए।

 

सम्बन्धित समाचार

आजका लागि विदेशी मुद्राको विनिमयदर
आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०८१ आश्विन ७, १४: ४४

काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...

आज यी स्थानमा वर्षाको सम्भावना
आज यी स्थानमा वर्षाको सम्भावना
  • २०८१ आश्विन ७, १४: ४४

काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...

भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
भारत–नेपाल सहकार्यमा त्रिविमा योग अभ्यास, आयुर्वेद प्रदर्शनी र मानसिक स्वास्थ्यबारे व्याख्यान
  • २०८१ आश्विन ७, १४: ४४

का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...