रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाइदिनुहोस्ः रास्वपा पूर्वमहामन्त्री ढकाल – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

रवि सहकारी ठग हुन्, समातेर प्रहरीलाई बुझाइदिनुहोस्ः रास्वपा पूर्वमहामन्त्री ढकाल

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री मुकुल ढकालले रास्वपा सभापति रवी लामिछानेलाई तत्काल समातेर प्रहरीलाई बुझाइदिन आग्रह गरेका छन्।

सोमबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले सहकारीको रकम अपचलन गरेका लामिछानेलाई पार्टीभित्र बसिरहन छुट नभएको बताउँदै समातेर प्रहरीको जिम्मा लगाउनुपर्ने बताएका हुन्।

‘प्रिय रास्वपा मित्रहरू– हामीले बनाएको पार्टी भ्रष्ट, ठग , दलाल र अपराधीको संरक्षणको लागि होइन बल्की तिनीहरुको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो। तपाईंहरुको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो। हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्,’उनले लेखेका छन्,।

ढकालले विधिको शासन स्थापना गर्ने बेला भएकाले ठग जो सुकै वा हाम्रै पार्टीको भए पनि जेलमा कोच्ने बेला भएको भन्दै कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागि पार्टी प्रयोग हुनुहुँदैन भनेर आग्रह समेत गरेका छन्।

हिजो गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक पूर्वडीआईजी छविलाल जोशी पक्राउ परेपछि लामिछानेले काठमाडौं उपत्यकामा रहेका आफ्ना कार्यकर्ताहरूलाई केन्द्रीय कार्यालय वनस्थलीमा आउन बोलाएका थिए।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८१ आश्विन ७, १५: २५

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन ७, १५: २५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ७, १५: २५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....