भारतीय कम्युनिष्ट नेता याचुरीको नेपालमा श्रद्धाञ्जली सभा – Naya Bikalpa
November 17, 2026, Tuesday      Epaper

भारतीय कम्युनिष्ट नेता याचुरीको नेपालमा श्रद्धाञ्जली सभा

काठमाडौं। भारतीय कम्युनिष्ट आन्दोलनका अग्रणी नेता सिताराम याचुरीको हालै भारतमा अप्रत्यासित निधन भएपछि भारतीय कम्युनिष्ट आन्दोलनमा ठूलो क्षति भएको नेपालका नेताहरुले बताएका छन्।

साउथ एसिया फाउण्डेशनका अध्यक्ष तथा वरिष्ठ भारतीय राजनैतिक विश्लेषक राउल वरुवाद्वारा शुक्रबार राजधानीमा आयोजित याचुरीको श्रद्धाञ्जली सभामा नेपालका अधिकांस दलका शीर्ष नेताहरुले याचुरीको निधनले नेपालको हित चाहने एक असल शुभचिन्तक गुमाएको भन्दै गहिरो दुःख व्यक्त गरे।

उनीहरुले भारतीय राजनेताहरुसँग पञ्चायत कालदेखि नेपालमा प्रजातन्त्र बहालीका लागि निकै ठूलो भूमिका रहेको नेताहरुले बताए।

०४६ को जनआन्दोलनमा भारतीय नेता चन्द्रशेखर देखि २०६२–०६३ को दोस्रो जनआन्दोलनसम्म भारतीय नेताहरु नेपाल आएर लोकतन्त्र बहाली गर्न तत्कालीन शासकलाई दवाव समेत दिएका थिए।

२०६२–०६३ को जनआन्दोलन पनि भारतीय कम्युनिष्ट पार्टी मार्क्सबादीका नेता याचुरीले नेपाल आएर लोकतन्त्र बहालीका लागि नेताहरुसँग भेटघाट र सल्लाह गरी तत्कालीन शाही सरकार वरखास्त गर्न दबाब सृजना गरेका थिए।

श्रद्धाञ्जली सभामा बोल्दै नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले आफ्नो व्यक्तिगत सम्बन्ध नभए पनि याचुरीजी नेपालको हितैषि भएको बताए।

नेपालको जनआन्दोलनमा भारतीय सोसलिष्ट र कम्युनिष्ट नेताहरुको ठूलो सदरभाव रहेको भएता पनि याचुरी नेपालमै आएर गणतन्त्र स्थापना गर्न ठूलो योगदान दिएको उनले स्मरण गराए।

‘याचुरीजी भारतका सबै पार्टीसँग सहकार्य गर्न सक्ने नेपालको असल मित्र हुनुहुन्थ्यो’ प्रथम राष्ट्रपति यादवले भने।

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले याचुरी आफ्नो ४५ वर्ष सम्मको मित्र रहेको र कम्युनिष्ट मात्र नभई सबैसँग सहकार्य गर्न सक्ने एउटा असल मित्र भएको बताए।

उनले नेपाल भारत सम्बन्ध राजनैतिक स्तर बढाउन याचुरीको निकै महत्वपूर्ण भूमिका रहेको जनाए।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले याचुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै कम्युनिष्ट आन्दोलनका धरोधर याचुरी नेपालको असल छिमेकी मित्र रहेको बताए।

कार्यक्रममा नेपालका राजनीतिज्ञहरु उपेन्द्र यादव, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि तथा एमालेका प्रतिनिधिलगायतले श्रद्धाञ्जली सभामा याचुरीको राजनैतिक प्रतिबद्धताप्रति प्रकाश पारेका थिए।

फाउण्डेशनका अध्यक्ष राउल वरुवाले पनि भारतीय राजनेता याचुरीले भारतीय संसदीय राजनीति र नेपालसँगको सम्वन्धलाई बलियो बनाउन दिएको योगदानका बारेमा प्रकाश पारेका थिए।

सम्बन्धित समाचार

काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
काठमाडौं उपत्यकामा मासु परीक्षण र छाप लगाउने कार्य सुरु
  • २०८१ आश्विन ७, १८: ३५

काठमाडौं । पशु सेवा विभागले काठमाडौं उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ...

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन ७, १८: ३५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ७, १८: ३५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....