एसियाली कराँतेमा पहिलो पटक रजत पदक विजेता एरिकालाई भव्य स्वागत – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एसियाली कराँतेमा पहिलो पटक रजत पदक विजेता एरिकालाई भव्य स्वागत

काठमाडौं। चीनको हाङ्जाउमा आयोजित २०औं सिनियर एशियाली कराँते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छिन्।

एरिका एशियाली सिनियर कराँतेमा फाइनल खेल्ने पहिलो नेपाली खेलाडी हुन्। उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको छ।

६८ केजीमाथि तौल समूहको फाइनलमा भियतनामकी नाओन थि नुयेनसँग ६–० ले पराजित हुँदै गुरुङ स्वर्ण पदक पाउन चुकेकी थिइन्।

एशियन कराँते फेडरेसनले आयोजना गर्ने एशियन च्याम्पियनसिपमा सिनियरतर्फ नेपालले अहिलेसम्म कुनै पनि पदक जित्न सकेको थिएन।

ऐतिहासिक पदक जितेको खुशीमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल कराँते महासंघका अध्यक्ष युवराल लामा लगायत विमानस्थलमा पुगेका थिए ।

एरिकालाई स्वागत गर्न खेल क्षेत्रका पदाधिकारी, शुभचिन्तकहरु राष्ट्रिय झण्डा, माला, खादासहित विमानस्थल पुगेका थिए।

साथमा ब्याण्ड टोलीले पनि एरिकालाई स्वागत गरेको थियो। उनलाई नेपाल प्रहरीको सजाइएको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन ८, १६: ४३

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ८, १६: ४३

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन ८, १६: ४३

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...