
काठमाडौं। सहकारी ठगीको अभियोग लागेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली १६ महिनादेखि फरार छन्।
उनीमाथि कास्की र बागलुङमा संचालित इमेज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षा हैसियतमा रकम अपचलन गरेको उनिमाथि अभियोग छ।
सहकारीका बचतकर्ताको करिब २ अर्ब बचत रकम हिनामिना गरी २०८० जेठ देखि उनी परिवारसहित सम्पर्कबाहिर छन् ।
प्रहरीले नगरप्रमुख नेपालीलाई खोज्न गत माघमा ‘रेड कर्नर नोटिस’ जारी गरेपनि फेला परेका छैनन् । सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका १ हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए ।
जिल्ला अदालत बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको छ । सहकारीका कार्यवाहक अध्यक्ष डोरबहादुर परियारसहित ५ भने यही अभियोगमा थुनामा छन् ।
सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी ठहर गरी कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको छ ।
उनले आफुसँग ३ अर्ब बराबरको सम्पत्ति रहेको र सो बेचेर वचतकर्ताको रकम फिर्ता गर्ने भन्दै हुलाकमार्फत सहकारी ठगी सम्वन्धी संसदीय समितिमा पत्रसमेत पठाएका थिए ।
नेपाललीले हालै सामाजिक सञ्जालमार्फत मिलापत्र गरी बचतकर्ताको रकम फिर्ता दिन आफू तयार रहेको बताएपनि कहाँ छन् भन्ने खुल्न सकेको छैन ।
काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...