
पोखरा। लागुऔषध बिक्री वितरण तथा ओसारपसारको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ धरौटीमा रिहा भएका छन्।
कास्की जिल्ला अदालतले बुधबार उनलाई छाड्न आदेश दिएसँगै उनी ७५ हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन्।
श्रेष्ठले सञ्चालन गरेको औषधि पसलबाट चिकित्सकको प्रेसक्रिप्सनबिना मनोद्विपक पदार्थ बिक्री गरेको आरोप लागेको थियो।
श्रेष्ठलाई कास्की प्रहरीले गत भदौ २७ गते पक्राउ गरेको थियो। उनी यसअघि पनि सांसद हुँदा मन्त्री बन्नका लागि विवादस्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ माग गरेको आडियो सार्वजनिक भएको थियो। त्यही प्रकरणमा उनलाई पाटीले सांसद पदबाट हटाएको थियो।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...