
काठमाडौं। सर्वोच्च अदालतको संवैधानिक इजलासले पूर्वसभामुख अग्नीप्रसाद सापकोटामाथि कर्तब्य ज्यान मुद्दामा भएको अनुसन्धानको सक्कल फायलसहित उपस्थित हुन जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकलाई आदेश दिएको छ।
प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्ययाधीशहरु प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्नु र जाहेरीअनुसार अनुसन्धान कारबाही अगाडि बढाउनु भनी सर्वोच्चबाट भएको पटक पटक दिएको अन्तरिम आदेशबमोजिम के के भएको हो त्यसको सक्कल फाइलसहित उपस्थित हुन आदेश दिएको हो।
काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न माओवादी नेता सापकोटाविरुद्धको अनुसन्धान अघि बढाउनु पर्ने माग राखी उनकी पत्नी काभ्रेकी पूर्णिमाया लामाले २०६९ मंसिर ८ गते सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्।
‘हालसम्म अनुसन्धानको कारबाही सम्पन्न भयो भएन? नभएको भए के कारणबाट हुन नसकेको हो? पूर्वादेशअनुसार नियमित रूपमा प्रगति प्रतिवेदन प्राप्त हुन नभएकाले सम्पूर्ण विवरण खोली विपक्षी जिल्ला प्रहरी कार्यालय, काभ्रेपलान्चोकबाट जाहेरी दरखास्त र सो सम्बन्धमा हालसम्म भएको काम कारबाहीसम्बन्धी सक्कलै फाइल पेसीको दिन देखाई फिर्ता लैजाने गरी झिकाई आएपछि लगाउनका निवेदनहरूसमेत साथै राखी नियमानुसार पेस गर्नू’, आदेशमा भनिएको छ।
सर्वोच्चले २०७२ बैशाख ८ गते परमादेश दिँदै १५–१५ दिनमा जाहेर गर्नुपर्ने अनुसन्धानको प्रगति विवरण अद्यावधिक नभएको भन्दै संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।
१२ वर्षको अवधिमा उनको मुद्दा हेरेका आठ जना न्यायाधीश प्रधानन्यायाधीश भइसकेका छन्। सुनुवाइ भएर पनि पटक पटक सरेको मुद्दाको फैसला प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अवकाश हुने बेलामा पनि अनिश्चित बनेको हो।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...