प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफबीच न्युयोर्कमा भेट – Naya Bikalpa
December 14, 2024, Saturday

प्रधानमन्त्री ओली र पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफबीच न्युयोर्कमा भेट

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफबीच भेटवार्ता भएको छ।

संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले पाक प्रधानमन्त्री शाहबाजसँग भेट गरेका हुन्।

भेटमा द्विपक्षीय र बहुपक्षीय फोरममा सहयोग अभिवृद्धि गर्ने, व्यापार, लगानी, पर्यटन र सांस्कृतिक सम्बन्ध विस्तार गर्ने विषयमा छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

राष्ट्रसङ्घको मुख्यालयमा भएकोे भेटमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी रहेका थिए।

सम्बन्धित समाचार

अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
अनुसन्धान अधिकृतलाई आरोपीले घुस दिन खोजेपछि …
  • २०८१ आश्विन ११, १५: ०७

काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...

भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
भारत सरकारको सहयोगमा निर्मित सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको भवन हस्तान्तरण
  • २०८१ आश्विन ११, १५: ०७

काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...

परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
परराष्ट्रमन्त्री राणा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
  • २०८१ आश्विन ११, १५: ०७

काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...