इमेज सहकारी ठगीका आरोपित ढोरपाटन नगरका मेयर नेपाली पक्राउ परे दिल्लीमा – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

इमेज सहकारी ठगीका आरोपित ढोरपाटन नगरका मेयर नेपाली पक्राउ परे दिल्लीमा

काठमाडौं। बचतकर्ताको रकम अपचलन गरी फरार भएका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली नयाँ दिल्लीबाट पक्राउ परेका छन्।

मेयर नेपालीलाई शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरिएको हो।

उनी विरुद्ध २०८० माघमा नेपाल प्रहरीको अनुरोधमा इन्टरपोल मार्फत रेड कर्नर नोटिस जारी गरिएको थियो।

कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेका सहकारीका अध्यक्ष समेत रहेका मेयर नेपाली १६ महिनादेखि फरार थिए।

सहकारीका बचतकर्ताको करिब दुई अर्ब रुपैयाँ बचत रकम हिनामिना गरी उनी २०८० जेठ ५ गतेदेखि सपरिवार सम्पर्कविहीन भएका थिए।

सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका पाँच सय २४ र बागलुङका एक हजार पाँच सय ४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए।

जिल्ला अदालत, बागलुङमा उक्त सहकारीका १३ जना सञ्चालकविरुद्ध मुद्दा चलिरहेको छ।

सहकारी संस्थाको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय विशेष छानबिन समितिले पनि अध्यक्ष नेपालीलगायत सञ्चालकलाई दोषी देखाउँदै कानुनी कारबाहीका लागि सरकारलाई सिफारिस गरेको थियो।

उनले बागलुङ सदरमुकाममा मुख्य कार्यालय रहने गरी जिल्लाको गलकोट र बुर्तिबाङमा पनि सहकारीको शाखा खोलेका थिए।

नेपाली अध्यक्ष रहेको सोही नामको सहकारी कास्कीको पोखरामा पनि सञ्चालन थियो।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन ११, १७: २०

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन ११, १७: २०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन ११, १७: २०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...