
भक्तपुर। हनुमन्ते खोलाको बाढी पसेर क्षति पुर्याएपछि भक्तपुर नगरपालिकाको जगाति आदर्शस्थित सिद्धिस्मृति महिला तथा बाल अस्पतालको सेवा बन्द गरिएको छ।
अस्पताल प्रशासनले शनिबार सूचना जारी गर्दै अस्पतालको अत्यावश्यक सेवा प्रदान गरिँदै आएको भवनभित्र बाढी पसेपछि यथास्थितिमा सेवा दिन नसक्ने जनाएको छ।
अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालका सबै सेवा बन्द गरिएको छ। अस्पतालले आकस्मिक सेवालगायत ओपिडी, फिजियोथेरापी, खोप, दन्त सेवा, भिडियो एक्सरेलगायत सबै सेवा बन्द गरिएको जनाएको छ।
यसैबीच भक्तपुर अस्पतालले भने विपद्को समयमा उपचारका लागि आउने बिरामीको उपचार गरिरहेको जनाएको छ। भक्तपुर अस्पतालकी निर्देशक डा.सुमित्रा गौतमले बाढी, पहिरो र डुबानमा परी घाइते भएका वा बिरामी परेकाको उपचार गरिने बताइन्।
जस्तोसुकै अवस्थामा पनि सहज सेवा दिनेगरी अस्पतालले तयारी गरिरहेको उनले बताइन्। अस्पतालले आकस्मिक सेवालगायत सबै सेवा सञ्चालन गरिरहेको छ।
काठमाडौं : नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
काठमाडौं : हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव छ। जल...
का७माडौं : १२औं अन्तर्राष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा नेपालस्थित भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयअन्तर्गत आयुर्वेद क्याम्पसको संयुक्त आयोजनामा योग अभ्यास, आयुर्वेद...