झ्याप्ले खोलामा पुरिएका ८ जनाको पहिचान – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

झ्याप्ले खोलामा पुरिएका ८ जनाको पहिचान

काठमाडौं– शुक्रवार बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको माइक्रो बस धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको घटनामा मृत्यु भएका ८ जना यात्रुको पहिचान खुलेको छ।

लु१ज ४५७८ नम्बरको माइक्रो पुरिएर १४ जनाको मृत्यु भएकोमा शनिवार ८ जनाको पहिचान खुलेको हो।

शुक्रवार साँझ पुरिएको गाडी र यात्रु शनिवार रातिमात्रै फेला परेका थिए। गाडी चालक रमेश लुइँटेलसहित १४ जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ३ स्थायी घर भइ बुटवल बस्ने सीता भट्टराई र उनका छोरा दीपेशको पहिचान खुलेको छ।

बुटवलको सेमलारका प्रकाश कुँवर र सिर्जना कुँवर, गुल्मीको चारपालाका वीरबहादुर रायमाझी, प्रमिला रायमाझी र क्रिस रायमाझीको पनि पहिचान खुलेको छ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले मृतकमध्ये धेरै रुपन्देहीमा बस्दै आएको पाइएको बताए।

हराएका यात्रुका आफन्तहरू सम्पर्कमा आउने क्रम जारी रहेको इलाका प्रहरी कार्यालय, बुटवलका डीएसपी विजयराज पाण्डितले जानकारी दिए।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन १३, १४: १६

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १३, १४: १६

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन १३, १४: १६

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...