काठमाडौं। नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको सम्मेलनमा झडप भएको छ। सोमवार काठमाडौंको कीर्तिपुरमा जारी अधिवेशनमा कुर्सी हानाहान भएको हो।
नेतृत्व चयनको विषयलाई लिएर विवाद भएपछि सम्मेलनमा झडपको स्थिति भएको बताइएको छ। झडप नियन्त्रण गर्न प्रहरी परिचालन गर्नु परेको थियो।
प्रतिनिधिका लागि दर्ता शुल्क चर्को गरिएको भन्दै अर्को समूह आक्रोशित बनेको छ। संस्थापन पक्षले विभिन्न काण्डमा मुछिएका दीपेश पुनलाई अध्यक्ष बनाउने प्रयास गरेपछि विवाद बल्झिएको जनाइएको छ।
पुन पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा हुन्। हिँजो पनि महाधिवेशनस्थलमा सहभागी प्रतिनिधिसँग २ हजार प्रवेश शुल्क तोकेपछि बन्द सत्र हलमा बिबाद भएको थियो।
काठमाडौं : भ्रष्टाचार नियन्त्रणका लागि अनेकन निरोधात्मक उपाय अपनाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नै कुनै सरकारी कर्मचारी घुस रकमसहित पुग्छ...
काठमाडौं : भारत सरकारको सहयोगमा निर्माण गरिएको सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसको क्याम्पस तथा छात्रावास भवन हस्तान्तरण गरिएको छ ।...
काठमाडौं : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार बेल्जियमका विदेशमन्त्री बर्नार्ड क्विन्टिनसँग ब्रसेल्समा भेटवार्ता गरेकी छन् । युरोपेली मामिला एवं वैदेशिक...