मिति गुज्रिएको र अधिक मुल्य लिने होटल एभरेष्ट र बसेरालाई विभागले तिरायो ३–३ लाख – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

मिति गुज्रिएको र अधिक मुल्य लिने होटल एभरेष्ट र बसेरालाई विभागले तिरायो ३–३ लाख

काठमाडौं। सरकारले नयाँ बानेश्वरस्थित होटेल एभरेष्ट र बबरमहलस्थित बुटिक होटेल बसेरालाई तीन–तीन लाख रुपैयाँ जरिवाना तिराएको छ।

एभरेष्ट होटेलको किचनमा मिति गुज्रिएका (डेट एक्पाएर) खाद्य बस्तु फेला परेको थियो भने बबरमहलस्थित बुटिक होटल बसेरामा अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेका थिए।

दुवै होटलले उपभोक्ता हित कानुन विपरित कार्य गरेको फेला परेपछि दुवैलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नगद जरिवाना तिराएको हो।

दुवै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागका महानिर्देशक राजन पौडेलले बताए।

यसअघि विभागले जिम्बु थकाली रेस्टुरेस्टलाई बढी मूल्यमा पानी बेचेको भन्दै ३ लाख रुपैयाँ जरिवाना गराएको थियो।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन १५, १५: ०९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ आश्विन १५, १५: ०९

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १५, १५: ०९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....