काठमाडौं। बिपी राजमार्गअन्तर्गत सबैभन्दा बढी क्षति पुगेको रोशी खोला सडक डाइभर्सन गरी सडक खुलाउने प्रयास शुरु भएको छ।
सडक डिभिजन खाल्टेका सूचना अधिकारी प्रदीप तामाङले उक्त खोलाको पानी डाइभर्सन गरी सडक खुलाइने दाबी गरे।
बाढीले उक्त सडक खण्डको रोशी खोला किनारको करिब २ किलोमिटर बाढीले बगाएको थियो। उक्त सडक खुलिसकेको छ। अब घोप्चो भन्ने स्थानको पनि बाटो खुलाईन्छ।
‘हामी रोशी खोलाको डाइभर्सन गरी सडक खुलाएपछि दशैँअघि नै बिपी राजमार्ग खुलाउने गरी तीव्र रूपमा काम गरिरहेका छौं’, उनले भने।
तामाङका अनुसार बाढी पहिरोले बगाएको चौकी डाँडा सडकमा पनि डाइभर्सन गरी खुलाउने कार्य भइरहेको छ। दशैँमा गाउँ जानेहरूको सहजतालाई मध्यनजर गर्दै छिटो सडक खुलाउन रातिसम्म काम भइरहेको छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...