
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाह भुटानी राजा (ड्रुकुल) जिग्मे खेसार नाम्ग्याल वाङचुकको निमन्त्रणामा सपरिवार छिमेकी राष्ट्र भुटानको अन्तराष्ट्रिय विमानस्थल पारोतर्फ उडेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीबार बिहान उनी परिवारका सदस्यसहित भुटानको राजधानी थिम्पु उडेका हुन्।
पूर्वराजा ज्ञानेन्द्र आइतबार काठमाडौं फर्किने जनाइएको छ। उनको साथमा छोरी प्रेरणा, भतिजी सितास्मा शाह र सचिवालयका केही सहयोगीहरू छन्।
पूर्वराजा ज्ञानेन्द्रले आफ्ना एक मात्र छोरा पारसलाई भने गणतन्त्र घोषणापछि विरलै मात्र आफ्नो भ्रमणमा सामेल गराउने गरेका छन्।
भुटान भ्रमणको क्रममा उनले राजधानी थिम्पुसहित ऐतिहासिक तथा धार्मिक वौद्य गुम्बा र स्तुपाहरुको समेत दर्शन गर्ने भएका छन्।
निर्मल निवासले यसलाई निजी भ्रमण भनेका कारण अन्य जानकारी दिएको छैन ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...