कीर्तिपुरमा बिहीबार बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कीर्तिपुरमा बिहीबार बाढीले बगाएर एकको मृत्यु, एक बेपत्ता

काठमाडौं। बिहीबार बिहान वर्षासँगै आएको बाढीले बगाउँदा कीर्तिपुरमा एकजनाको मृत्यु भएको छ।

कीर्तिपुर नगरपालिका–४ मच्छेगाउँको बसपार्क नजिक बस्ने ६२ वर्षीय सहदेव लामाको मृत्यु भएको प्रहरीले जनाएको छ।

खोलाबाट पानी आफ्नो घरभित्र पसेपछि पानीको भल छेक्न जाँदा उनलाई बाढीले बगाएको थियो।

यस्तै, कीर्तिपुर नगरपालिका –१० स्थित नयाँ बजारमा खोलाले बगाउँदा प्रल्हाद मर्हजन बेपत्ता भएका छन्। उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन १७, १६: २०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन १७, १६: २०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ आश्विन १७, १६: २०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...