राप्रपा अध्यक्ष लिङ्देनमाथि ‘बिरामी सहकर्मीलाई विभागबाट हटाएर अमानबिय निर्णय’ लिएको आरोप – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper

राप्रपा अध्यक्ष लिङ्देनमाथि ‘बिरामी सहकर्मीलाई विभागबाट हटाएर अमानबिय निर्णय’ लिएको आरोप

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका पदाधिकारी र बरिष्ठ नेताहरुसँग कुनै सल्लाह नै नगरी विरामी भएर उपचाररत सहकर्मीलाई विभाग प्रमुखको जिम्मेवारीबाट हटाएर अमानबिय निर्णय लिएको आरोप लागेको छ।

अध्यक्ष लिङ्देनले विहीबार मात्रै पार्टीका बरिष्ठ नेता तथा महामन्त्री डा.धवल शम्शेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए।

अध्यक्ष लिङ्देनको यस्तो निर्णयप्रति आपत्ति प्रकट गर्दै राप्रपाका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले टिप्पणि गर्दै ‘अमानवीय निर्णय’ भनी आलोचना गरेका छन्।

लिङ्देनले बिहीबार विभागका प्रमुखहरुको जिम्मेवारी हेरफेर गर्दै महामन्त्री डा.राणालाई सङ्गठन विभाग प्रमुखबाट हटाएका हुन्।

महामन्त्री राणा बिरामी भएर विदेशमा उपचार गर्न गएका बेला प्रमुखबाट हटाउने कार्य अविवेकी र अमानवीय निर्णय भएको पूर्वअध्यक्ष डा.लोहनीको टिप्पणी छ।

उनले बिरामी सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको जनाएका छन्।

हाल संयुक्त राज्य अमेरिका गएका डा.लोहनीले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ। यस्तो बेला उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काम मात्र हो।’

बिहीबार पार्टी अध्यक्ष लिङ्देनले सङ्गठन विभागको प्रमुखमा पार्टी उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा उपाध्यक्ष ध्रुवबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभाग प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभाग प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई जिम्मेवारी तोकेका थिए।

आन्दोलन परिचालन समितिको संयोजक समेत रहेका महामन्त्री राणाले त्यही समितिमा केन्द्रित गर्नका लागि जिम्मेवारी हेरफेर भएको दाबी गरिएको छ ।

उनको ठाउँमा उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याइएको छ। यसअघि तामाङ राजनीतिक विभाग प्रमुख थिए। अहिले राजनीतिक विभाग प्रमुखको जिम्मेवारी बरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिइएको छ।

यसैगरी स्थानीय तह परिचालन समितिमा ध्रुवबहादुर प्रधानलाई जिम्मेवारी दिइएको छ। यसअघि सो विभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की रहे पनि उनलाई जिम्मेवारीबाट हटाइएको छ।

यसअघि प्रधान प्रशिक्षण विभागमा थिए। सो विभाग भने हाललाई खाली नै राखिएको छ।

अध्यक्ष लिङ्देनको सो कदमप्रति पूर्वअध्यक्ष डा.लोहनीले मात्रै होइन, राप्रपाभित्रको लिङ्देन इतरसमूहका नेताहरूले निर्णयको आलोचना गरिरहँदा संस्थापन पक्ष भने विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको तर्क गरिरहेको छ।

पछिल्लो समय अध्यक्ष लिङ्देन र राणाबिच सम्बन्ध राम्रो छैन। आगामी महाधिवेशनमा अध्यक्षको तयारी गरिरहेका राणालाई शक्तिबाट पाखा लगाउन लिङ्देनले यस्तो कदम चालेको हुन सक्ने बताइन्छ ।

अघिल्लो महाधिवेशनमै अध्यक्षको बलियो दाबेदार रहेका राणाले अन्त्यमा लिङ्देनलाई अध्यक्ष बनाउन समर्थन गरेका थिए। समयक्रमसँगै अध्यक्षको कार्यशैलीप्रति राणाले प्रश्न उठाउने गरेका छन्।

लिङ्देनलाई चुनौती दिनेगरी राणाले आफू संयोजक रहेको ‘आन्दोलन परिचालन समिति’मार्फत पार्टीको गतिविधि गर्दै आएका छन् । राणाले लिङ्देनसँग कुनै सल्लाह नगर्ने र लिङ्देनले पनि पर्याप्त छलफल नगरी पार्टी सञ्चालन गर्दा समस्या उत्पन्न भएको बताइएको छ।

आफूमाथिको आलोचना र टिप्पणीलाई सहन गर्न नसक्ने अध्यक्ष लिङ्देनले त्यस्ता नेताहरुलाई अधिकार र जिम्मेवारी खोस्दै समनको नीति लिएका छन् । त्यसैले उनले पार्टी भित्र आदिवासी जनजाति इत्तरलाई विस्तारै पाखा लगाउने रणनीति बमोजिम काम गरिरहेका छन्।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८१ आश्विन १८, १७: ४३

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८१ आश्विन १८, १७: ४३

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८१ आश्विन १८, १७: ४३

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...