
काठमाडौं। यही असोज ११ र १२ गते आएको बाढीपहिरो र डुबानमा परेर मृत्यु हुनेको संख्या दुई सय ४६ पुगेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार अहिलेसम्म १८ जना बेपत्ता छन् भने एक सय ७८ जना घाइते भएका छन् ।
बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको र सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी रहेको प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) दानबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बाढी, पहिरो तथा डुबानमा परेर सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७८ जनाको मृत्यु भएको छ भने ७९ जना घाइते र ६ जना बेपत्ता रहेका छन् । बागमती प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको छ भने ११६ जना घाइते तथा ८ जना बेपत्ता रहेका छन् ।
दोस्रोमा काठमाडौं उपत्यका ३ जिल्लामा मात्रै ७० जनाको मृत्यु भएको छ भने ३७ जना घाइते र ६ जना बेपत्ता रहेका छन् ।
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...