पौने २ करोड लिएर क्यानडा जापान र पोर्चुगल पठाउने नाममा ठगी गर्ने बरहथवाका संजय पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पौने २ करोड लिएर क्यानडा जापान र पोर्चुगल पठाउने नाममा ठगी गर्ने बरहथवाका संजय पक्राउ

मलंगवा। क्यानडा,जापान, पोर्चुगल लगायतका देशहरुमा पठाइदिने भन्दै कराडौं रुपैयाँ ठगी पर्ने व्यक्ति सर्लाहीको बरहथवाबाट पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाहीको चक्रघट्टा गाउँपालिका–२ भेल्हीका ३९ वर्षीय संजय यादव हुन्।

पीडितहरुले नै उनलाई सोमबार साँझ सर्लाहीको बरहथवा बजारस्थित नयाँ नेपाल बैंक चौकबाट नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय बरहथवालाई बुझाएका हुन्।

प्रहरीअनुसार विभिन्न देशमा आकर्षक सेवा सुविधासहितको रोजगारी दिने भन्दै विभिन्न व्यक्तिसँग करोडौं रकम ठगी गरेको आरोपमा ऊनीमाथि जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पक्राउपुर्जी जारी भएको थियो।

संजयले प्रतिव्यक्ति ७ लाखदेखि २० लाख रुपैयाँसम्म लिएर पौने २ करोड रुपैयाँ ठगी गरेको खुलेको छ। पीडितहरुसँग पैसा लिएपछि यादव सम्पर्कबिहीन भएका थिए।

 

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन २२, १७: २१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
नेपाल बैंकले मनायो ९०औँ वार्षिकोत्सव, उत्पादनशील क्षेत्रमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको जोड
  • २०८१ आश्विन २२, १७: २१

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले सोमबार आफ्नो ९०औँ वार्षिकोत्सव मनाएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको उपस्थितिमा...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन २२, १७: २१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....