पर्यटन राज्यमन्त्रीका प्रेस सल्लाहकार भिडियो खिचेर वार्गेनिङ गरेको आरोपमा पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

पर्यटन राज्यमन्त्रीका प्रेस सल्लाहकार भिडियो खिचेर वार्गेनिङ गरेको आरोपमा पक्राउ

काठमाडौं। एक सरकारी कर्मचारीको भिडियो खिचेर बार्गेनिङ गरेको आरोपमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीका प्रेस सल्लाहकार अश्विन दानी पक्राउ परेका छन्।

आपराधिक लाभ लिने उद्देश्यसहित योजनाबद्ध तवरले डर त्रास देखाई रकम माग गरेको आरोपमा गोरखा नगरपालिका ३ घर भई हाल बुढानीलकण्ठ नगरपालिका–१२ बस्ने दानीलाई पक्राउ गरिएको काठमाडौं उपत्यका ुुअपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।

उनका अनुसार दानीलाई पीडितसँग लिएको रकमसहित उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार कपनबाट पक्राउ गरेको हो।

उनलाई आपराधिक लाभ लिएको कसुरमा थप अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको आचार्यले बताए। दानी जनचासो अनलाइनका पत्रकार समेत रहेको बताइएको छ।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ आश्विन २३, १३: २१

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ आश्विन २३, १३: २१

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ आश्विन २३, १३: २१

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...