यी हुन् बाबा सिद्धिकी हत्यामा जोडिएका लरेन्स बिश्नोई – Naya Bikalpa
April 17, 2026, Friday      Epaper

यी हुन् बाबा सिद्धिकी हत्यामा जोडिएका लरेन्स बिश्नोई

काठमाडौं। शनिबार राती भारतको महाराष्ट्र राजनीतिका चर्चित व्यक्तित्व बाबा सिद्दिकीको गोली हानेर हत्या गरिएपछि दोषीको खोजि भारतीय प्रहरीले व्यापकरुपमा गरेको छ।

भारतीय कांग्रेस छाडेर हालै मात्र राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी–अजित पावर)मा प्रवेश गरेर नेता भएका उनलाई हरेक वर्ष राजनीतिज्ञदेखि चलचित्रकर्मीसम्म सबैले विश्वास गरेका थिए।

बन्दुकधारीहरूले बाबा सिद्दिकीमाथि कैयौं राउण्ड गोली प्रहार गरेपछि उनलाई गम्भीर अवस्थामा लिलावती अस्पतालमा भर्ना गरिएको थियो । मुम्बई प्रहरीले सिद्दिकीको हत्यामा तीन शूटर संलग्न रहेको पुष्टि गरेको छ।

प्रहरी अपराध शाखाका डीसीपी दत्ता नलावडेका अनुसार घटनास्थलमा तीन जनाले गोली चलाएका थिए जसमध्ये दुई जना पक्राउ परेका छन् भने एकजना फरार छन्, उनको खोजी भइरहेको छ।

तीबाहेक प्रहरीले अन्य धेरैलाई पनि पक्राउ गरेको छ। महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देका अनुसार पक्राउ परेका एकजना हरियाणाका र अर्को उत्तर प्रदेशका हुन् । हरियाणाको कैथल जिल्लाको नारद गाउँका गुरमेल सिंहलाई बाबा सिद्दीकी हत्या प्रकरणमा मुम्बई प्रहरीले पक्राउ गरेको छ ।

बाबा सिद्दीकी हत्या प्रकरणमा दोस्रो अभियुक्तको नाम धर्मराज निषाद हो । धर्मराजको परिवार उत्तर प्रदेशको बहराइच जिल्लाको कैसरगञ्जमा बस्छ ।

बाबा सिद्दिकीको नाम राजनीतिक सर्कलमा मात्रै नभएर बलिउडमा पनि निकै गहिरो थियो । बाबा सिद्दीकी मुम्बईका पहिलो नेता थिए जसले ठूलो उत्सवको रूपमा इफ्तार पार्टी आयोजना गर्न थालेका थिए ।

सन् २०१३ मा भएको इफ्तार पार्टीमा बाबा सिद्दिकीले सलमान र शाहरुख दुवैलाई निम्तो दिएका थिए । आजकल सलमान र शाहरुखलाई सँगै देख्दा कुनै अचम्मको कुरा छैन, तर एक समय थियो जब दुबैले एकअर्कालाई भेट्न पनि मन पराउँदैनन्।

करिब पाँच वर्ष उनीहरु एकअर्कासँग बोलेनन् र सँगै काम पनि गरेनन् । तर सलमान र शाहरुखबीचको पाँच वर्ष पुरानो मनमुटाव सन् २०१३ को इफ्तार पार्टीमा बाबा सिद्दिकीले दुवैलाई अँगालो हालेर अन्त्य गरेका थिए।

बाबा सिद्धिकीको हत्यामा यतिबेला अगाडि जोडिएर आएको नाम हो लरेन्स बिश्नोई। उक्त हत्यामा बिश्नोईको नाम जोडिएपछि बलिउड अभिनेता सलमानको सुरक्षामा कडाइ गरिएको छ। बिस्नोई समूह त्यही हो, जसले पटक–पटक सलमान खानलाई हत्याको धम्की दिएको छ।

३३ वर्षीय बिश्नोईमाथि हत्या, चोरी–डकैतीलगायत धेरै आरोपहरू छन्। पञ्जाब, दिल्ली र राजस्थानमा उनीविरुद्ध मुद्दा चलिरहेको छ भने उनी हाल जेलभित्र छन्। उनले जेलभित्रैबाट अपराधको दुनियाँ चलाइरहेका छन्।

लरेन्सविरुद्ध करिब ५० आपराधिक मुद्दा दर्ता छन्, जसमध्ये अधिकांश घटना लरेन्सले जेलभित्रैबाट गराएको बताइन्छ। उनीमाथि चर्चित पञ्जाबी गायक सिद्धु मूसेवालाको हत्याको पनि आरोप छ।

केही समयअघि उनको एक अन्तर्वार्ता सार्वजनिक भएको थियो, जुन टेलिभिजनले जेलभित्रैबाट लिएको दाबी गरे पनि प्रहरीले त्यसलाई इन्कार गर्दै आएको छ। उक्त अन्तर्वार्तामा बिश्नोईले आफ्ना दाजुभाइको हत्यापछि जवाफस्वरुप आफू अपराधिक दुनियाँमा छिरेको बताएका थिए ।

सम्बन्धित समाचार

संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
संसदीय दलको नेतृत्व चयनअघि सांसदहरूसँग छलफल गर्दै कांग्रेस
  • २०८१ आश्विन २९, १७: ०३

काठमाडौँ : नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाउने सन्दर्भमा आफ्ना प्रतिनिधि सभा सदस्यहरूसँग छलफल गर्ने तयारी गरेको...

टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
टी-२० आई र लिग-२ सिरिज खेल्ने नेपालको छुट्टाछुट्टै टोली घोषणा
  • २०८१ आश्विन २९, १७: ०३

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) ले युएईसँग हुने टी–२० अन्तर्राष्ट्रिय सिरिज र आइसिसी विश्वकप लिग–२ का लागि छुट्टा छुट्टै नेपाली...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
  • २०८१ आश्विन २९, १७: ०३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन प्रतितोला रु तीन हजार र चाँदी रु १२०...