सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाको भनाई – Naya Bikalpa
February 9, 2025, Sunday

सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाको भनाई

काठमाडौँ। मध्यपूर्वी राष्ट्र लेबनानमा तैनाथ आठ सय ७७ जना नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ लेबनानमा खटिएका सम्पूर्ण नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जनाए।

शान्ति मिसनमा त्यहाँ रहेका नेपाली फौजसँग नियमित सम्पर्क भइरहेको र सम्पूर्ण फौज सुरक्षित रहेको प्रवक्ता केसीले बताए।

“शान्ति मिसन वरपर छिटपुट घटना भएका छन्, तर त्यहाँ रहेका नेपाली सैनिक भने सुरक्षित छन्, सैनिक प्रवक्ता केसीले भने यसबाट दैनिकी र कार्यसम्पादनमा असर परिरहेको छ, संयुक्त राष्ट्रसङ्घको निर्देशन नेपाली शान्ति सेनाले पालना गर्नेछ।”

यस्तै प्रवक्ता केसीले लेबनानको विकसित परिस्थितिका आधार संयुक्त राष्ट्रसंघ र मिसन मुख्यालयबाट हुने निर्णय र निर्देशानुसार नेपाली शान्ति सैनिक खटाइने पनि बताए ।

 

सम्बन्धित समाचार

‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
‘हात्ती र बाँदर आतंक नियन्त्रण गरौं’
  • २०८१ आश्विन ३०, ११: ०५

काठमाडौं : सांसदहरूले पूर्वी नेपालमा जंगली हात्ती र पहाडी क्षेत्रमा बाँदर आतंक नियन्त्रण गरेर जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन्...

ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
ललितपुरबाट चार वर्षीय बालकको अपहरण, विदेशी नागरिक पक्राउ
  • २०८१ आश्विन ३०, ११: ०५

काठमाडौंः ललितपुर महानगरपालिका–१२ का चार वर्षीय बालकको अपहरण भएको छ । बालकको अपहरण आरोपमा प्रहरीले विदेशी नागरिकलाई पक्राउ गरेको छ...

बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
बनेपामा ‘इनडोर सुटिङ स्टुडियो’ बनाउन बोलपत्र आह्वान
  • २०८१ आश्विन ३०, ११: ०५

काठमाडौं : चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि...