भन्ने ‘अनुसन्धानलाई सहयोग गर्छु’, सर्कुलर ‘प्रत्येक जिल्लाबाट सय कार्यकर्ता पोखरा आउनू! – Naya Bikalpa
June 17, 2026, Wednesday      Epaper
रास्वपाको दोहोरो भूमिका

भन्ने ‘अनुसन्धानलाई सहयोग गर्छु’, सर्कुलर ‘प्रत्येक जिल्लाबाट सय कार्यकर्ता पोखरा आउनू!

 

काठमाडौं। देशको चौथो ठूला अर्थात राष्ट्रिय मान्यता प्राप्त दल राष्ट्रिय स्वतन्त्र पार्टीको भूमिका दोहोरो देखिएको छ।

सहकारीको बचत रकम अपचलन प्रकरणमा प्रक्राउ पर्दा पार्टी अध्यक्ष समेत रहेका रास्वपा अध्यक्ष रबी लामिछानेले प्रहरीले गरेको अनुसन्धानलाई आफू र आफ्नो पार्टीले सहयोग गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन्। तर व्यवहार भने उल्टो देखिएको छ।

पार्टी अध्यक्ष समेत रहेका लामिछानेले प्रहरीको अनुसन्धानलाई आफूले सहयोग गर्ने र अदालतले न्याय दिन्छ भन्नेमा आफू विश्वस्त रहेको भने पनि उनको दलले भने दल बलसहित शक्ति प्रदर्शन गर्ने हेतुले प्रत्येक जिल्लाबाट कम्ती एक सय कार्यकर्ता पोखरा आउन निर्देशन नै दिएको छ।

सो पार्टीले प्रत्येक जिल्लाबाट सय जनाको दरले कार्यकर्ता पोखरा पुग्न निर्देशन जारी गर्नुको ध्येय वा उद्देश्य प्रहरीको अनुसन्धानलाई सघाउनुभन्दा हुल हुज्जत गरेर राजनीतिक शक्तिको आडमा अदालतलाई तर्साउन खोजेको भान हुन्छ।

सभापति लामिछाने पक्राउ परेपछि विरोधका लागि रास्वपाले नेता कार्यकर्तालाई पोखरा उतारेको हो। केन्द्रीय सचिवालयको निर्देशन अनुसार प्रदेश कमिटीले मातहतमा सन्देश प्रवाह गरेका छन्।

शनिबार मध्यरातमा मातहतका पार्टी संरचनालाई म्यासेज गरेर जति सक्दो कम्तीमा सय जनाको दरले पोखरा पुग्न भनिएको हो।

मध्यरातमा प्रसारित सन्देशमा भनिएको छ, ‘जति सक्दो छिटो कम्तीमा प्रत्येक जिल्लाबाट सय जनाको दरले पोखरामा मास उतार्नुपर्ने भन्ने केन्द्रीय पार्टी सचिवालयको निर्देशन भर्खर ११.३० मा सूचना प्राप्त भएकोले जिल्ला केन्द्रीत कार्यक्रममा भन्दा पोखरा उपस्थित हुन हार्दिक अनुरोध गरिन्छ।’

कार्यकर्तालाई पठाइएको सन्देशमा जतिसक्दो छिटो पोखरा ‘मुभ’ हुन आग्रह गरिएको छ।

सहकारी ठगी प्रकरण रास्वपा सभापति लामिछानेलाई प्रहरीले पक्राउ गरी शनिबार विहान पोखरा पुर्याएको थियो।

सम्बन्धित समाचार

देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
देशभर १६ सय नयाँ टेलिकम टावर निर्माण प्रक्रिया अघि बढ्यो, ग्रामीण क्षेत्रमा सेवा सुधार गर्न ६ अर्बभन्दा बढी लगानी
  • २०८१ कार्तिक ४, १८: १०

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवा विस्तार तथा गुणस्तर सुधारका लागि करिब १६ सय नयाँ...

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि आवेदन आह्वान
  • २०८१ कार्तिक ४, १८: १०

काठमाडौँ । काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि आवेदन आह्वान गरिएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न...

हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा आउँछन् : उद्योगमन्त्री
  • २०८१ कार्तिक ४, १८: १०

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले रुग्ण अवस्थामा रहेका हेटौँडा कपडा र बुटवल धागो उद्योग यसै वर्ष सञ्चालनमा ल्याइने...