
काठमाडौं। काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएको एक विद्युतीय कारमा आगलागी भएको छ।
बा प्र ०२ ०२९ च ५९५० नम्बरको विद्युतीय कारमा आज आगलागी भएको प्रहरीले जनाएको छ।
सितापाइलास्थित विश्वास स्पोर्टस् सर्भिस सेन्टरमा उक्त कार पार्किङ गरिएको थियो। सो कारमा ब्याट्री सर्ट भएर धुवाँको मुस्लो निस्किएको थियो।
घटनामा कुनै मानवीय क्षति भएको छैन। दमकल र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा ल्याइएको प्रहरीले जनाएको छ।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...