एमालेको चिन्ता अरुले गर्नु पर्दैन– पोखरेल – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

एमालेको चिन्ता अरुले गर्नु पर्दैन– पोखरेल

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा अन्य दलले चिन्ता गर्नु जरुरी नभएको बताएका छन्।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार स्टाटस लेख्दै उनले एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताए।

उनले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक संजालमा अनेकन् सुझाव दिइरहेको र उसले गरेका निर्णयहरूको कटु आलोचना गरिरहेको सन्दर्भमा राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे अरूका बारेमा चिन्ता गर्ने नपर्ने सुझाव समेत दिएका छन्।

महासचिव पोखरेलले लेखेका छन् ‘नेकपा (एमाले)लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न। जनता के चाहन्छन्? र राष्ट्रको आवश्यकता के हो? नेकपा (एमाले) लाई राम्ररी थाह छ। जनस्तरका सुझाव ग्रहण गर्नका लागि नेकपा (एमाले) ले मिसन ग्रासरुट र मध्यपहाडी लोकमार्ग आधारित झुलाघाट चिवाभंज्याङ यात्रा गरेकै हो।’

पोखरेलले भनेका छन् ‘भविष्यमा पनि जनस्तरमा पुग्ने योजना बनाएकै छ। जनताका बीचमा पुगेर तथा जनताको सुझाव ग्रहण गरेर नै एमाले आजको कुरामा मात्र नअल्झेर भविष्यमा केन्द्रित छ। समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पुरा गर्न बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ। तसर्थ, कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण त सामाजिक संजालले होइन आवधिक निर्वाचनले गर्ने हो। त्यसका लागि नेकपा (एमाले) हरदम तयार छ।’

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ५, १४: ११

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ५, १४: ११

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ५, १४: ११

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...