बालिकालाई बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने सीता गोतामे काठमाडौंबाट पक्राउ – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

बालिकालाई बन्धक बनाएर यौनजन्य कार्यमा लगाउने सीता गोतामे काठमाडौंबाट पक्राउ

काठमाडौं। बालिकालाई बन्धक बनाएर आफ्नै घरमा जबरजस्ती यौनजन्य कार्यमा लगाउने एक महिला पक्राउ परेकी छन्।

नुवाकोटको तादी गाउँपालिका–३ स्थायी घर भइ हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–४ मुलपानी बस्ने ४३ वर्षिया सीता गोतामेलाई पक्राउ परेकी हुन्।

आफ्नो घरमा भाँडा माझ्न र सरसफाइका लागि भनेर मासिक २० हजार रुपैयाँ दिँदै एक बालिकालाई सीताले राखेकी थिइन्।

काममा राखेको केही समयपछि गोतामेले ती बालिकालाई घरबाटबाहिर निस्कन नदिई घरमा बन्धक बनाई जबरजस्ती यौनजन्य कार्यमा लगाएको पाइएको प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले जनाएको छ।

बालिकालाई जबरजस्ती यौनजन्य कार्यमा लगाएर ग्राहकबाट एक हजारदेखि तीन हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ। उनको घरबाट प्रहरीले कात्तिक २ गते चार जना बालिकाको उद्धार पनि गरेको थियो।

गोतामेलाई पक्राउ गरेर अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ५, १४: ३०

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ५, १४: ३०

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...

भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
भारत, चीन र इजरायलका लागि नवनियुक्त राजदूतले लिए पद तथा गोपनीयताको शपथ
  • २०८१ कार्तिक ५, १४: ३०

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति भवन शीतल...