धरान उपमहानगरका वडाध्यक्षद्वारा अदालतको आदेश उल्लङ्घन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

धरान उपमहानगरका वडाध्यक्षद्वारा अदालतको आदेश उल्लङ्घन

काठमाडौं। धरान उपमहानगरपालिका वडाध्यक्ष लोकेन्द्रकुमार फागोले अदालतको आदेशलाई उल्लङ्घन गरेका छन्।

नगर उपप्रमुख (उपमेयर) हुँदाहुँदै उपमहानगरका मेयर (नगरप्रमुख) हर्क साम्पाङले वडाध्यक्ष फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएर विदेश गएका थिए।

त्यसको विरोधमा अदालतमा मुद्वा परेकोमा अदालतले फागोलाई दिइएको कार्यवाहकको जिम्मेवारी कार्यान्वयन नगर्न आदेश दिएको थियो।

तर, वडाध्यक्ष फागोले आज पनि कार्यवाहक मेयरकै हैसियतमा काम कारबाही गरेका हुन्। उनले मेयर साम्पाङको कार्यकक्षमा छुट्टै टेबल कुर्सी राखेर काम गरिरहेका छन्।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ५, १७: ४५

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ५, १७: ४५

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ५, १७: ४५

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...