कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनीत – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ सदस्य मनोनीत

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा १८ जना सदस्य मनोनीत भएका छन्।

सभापति शेरबहादुर देउवाले सोमबार उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको प्रतिष्ठानमा १८ जना सदस्य मनोनीत गरेका हुन्।

प्रतिष्ठानको सदस्यमा बाजुराका कविराज पण्डित, तनहुँका डा.जगदीशचन्द्र पोखरेल, गुल्मीका छन्दबहादुर पहराई, सिन्धुलीकी विजुला वर्मा, नुवाकोटका केदारनरसिंह के.सी., सोलुखुम्बुकी रिना उप्रेती (केसी)लाई सदस्य मनोनीत गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।

यस्तै धनुषाका वीरेन्द्र यादव, कास्कीका कृष्णप्रसाद पौडेल, झापाका भरत प्रसाईं, भक्तपुरका कमल कार्की, सिन्धुपाल्चोकका बलदेव तिमिल्सिना, स्याङ्जाका डोलराज भुसाल, बागलुङका प्रताप पौडेल, जाजरकोटका हजारी नेपाली (वादी), काठमाडौंका विश्वदिप लामिछाने, रौतहटका नाहिदा परविन, कञ्चनपुरका भवानी पन्त, काठमाडौंकी अनार बस्नेत सदस्य मनोनीत भएका हुन्।

सम्बन्धित समाचार

समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
समावेशिता र संघीयताले प्रजातन्त्रलाई बलियो बनाएको छ : गगन थापा
  • २०८१ कार्तिक ६, १२: ४९

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...

बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
बझाङमा अटो दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो
  • २०८१ कार्तिक ६, १२: ४९

बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....

हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
हाम्रा सडक र वाहन यात्रुका अकालमा ज्यान लिने एम्बुस किन बन्दैछन् ?
  • २०८१ कार्तिक ६, १२: ४९

  १.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...