
काठमाडौं। नेपालले इजरायल कामदार पठाउन तत्काललाई रोक लगाएको छ। इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच तनाव बढ्दै गएपछि तत्काल इजरायल कामदार पठाउने प्रक्रिया रोकिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर क्षेत्रीअनुसार परराष्ट्र मन्त्रालयमार्फत पछिल्लो घटनाक्रमको अवस्था बुझ्न तेल–अभिभस्थित नेपाली दूतावासलाई पत्राचार गरेको छ। दूतावासबाट इजरायलको अवस्थाका बारेमा जानकारी आएपछि मात्र प्रक्रिया अघि बढाइने उनले बताए।
इजरायलको केयर गिभरको रोजगारीका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका छन्। उनीहरूको अर्को सूचना जारी नभएसम्म प्रक्रिया रोकिएको विभाग महानिर्देशक क्षेत्रीले जनाए।
वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुक समावेशिता र संघीयताको अभ्यासमा गएपछि प्रजातन्त्र थप बलियो बनेको बताएका छन् ।...
बझाङ । बुङ्गल नगरपालिका–१० टुमेडामा अटो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । सोमबार बिहान टुमेडाबाट वडा नं....
१.प्रमुख चाडबाडको मौसम गयो नेपालीहरुको सबैभन्दा ठुलो मानिएको चाड दसैँ हो । त्यो पनि गयो ।अर्को चाड तिहार हो...