प्रदेशको अधिकारका लागि राजीनामा दिन तयार छु– कांग्रेस लुम्बिनी सभापति पुन – Naya Bikalpa
November 16, 2026, Monday      Epaper

प्रदेशको अधिकारका लागि राजीनामा दिन तयार छु– कांग्रेस लुम्बिनी सभापति पुन

बुटवल। नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले प्रदेश सरकार र पार्टीका प्रदेश समितिलाई पूर्ण अधिकार स्थापित गर्नका लागि आफू पदबाट राजिनामा दिन समेत तयार भएको बताएका छन्।

पार्टीको लुम्बिनी प्रदेश कार्यसमितिले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति पुनले प्रदेशलाई अधिकार नदिने हो भने सबै प्रदेश संरचना खारेज गर्नुपर्ने सुझाव समेत दिए।

केन्द्र सरकारले प्रदेश सरकारलाई तथा पार्टीका केन्द्रीय कार्यसमिति र शीर्ष नेताहरुले प्रदेश समितिलाई अधिकार नदिएको भन्दै उनले यस्तो अवस्थामा प्रदेश संरचनाले काम गर्न नसक्ने बताएका हुन्।

संविधानले तोकेका अधिकार प्रदेश सरकारलाई दिन केन्द्र सरकारले कन्जुस्याईं गरेको भन्दै उनले प्रदेशको मुख्यमन्त्री र मन्त्री छनोटमा केन्द्रीय समितिले प्रदेश समितिलाई पुरै बाइपास गरेको गुनासो समेत गरे।

‘एकातिर केन्द्र सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार दिन आनाकानी गरिरहेको छ, अर्कोतिर प्रदेशको मुख्यमन्त्री र मन्त्री नियुक्तिमा पनि पार्टीका केन्द्रीय नेताहरुबाटै निर्णय हुन्छ भने प्रदेश सरकार र प्रदेश समितिहरुको के काम, के औचित्य भयो ?’, सभापति पुनले भने, ‘कांग्रेसमा मात्र हैन सबै पार्टीमा अवस्था यस्तै रहे म सभापति पदबाट राजीनामा दिएर प्रदेशलाई अधिकार दिलाउन सडकमा आउँछु।’

केन्द्र सरकार र दलहरुको केन्द्रीकृत मानसिकताका कारण प्रदेश संरचनाप्रति जनस्तरमा वितृष्णा र निराशा बढेको सभापति पुनले बताए।

‘लुम्बिनीका पालिकाहरुमा चलिरहेको पालिका संवाद कार्यक्रममा कार्यकर्ता र जनस्तरबाट प्रदेश संरचनाको काम छैन, खारेज गर्नुपर्छ भन्ने बलियो आवाज उठेको छ, तर मैले प्रदेश सरकार र प्रदेश समितिलाई निर्णयको अधिकार दिने हो भने बल्ल प्रदेशका काम देखिन्छ र प्रदेशवासीले अपनत्व लिन थाल्छन् भनेर सम्झाएको छु’, उनले भने।

लुम्बिनीमा मन्त्री छनोटमा प्रदेश समितिलाई बाइपास गर्दा मन्त्रीहरूले आफूलाई केन्द्रका नेताले बनाएका हुन्, प्रदेश समितिलाई किन महत्व दिने भन्ने मानसिकता विकास हुन गई समन्वयमा कमी भएको पुनले औंल्याए।

सरकारमा रहेका मन्त्रीहरुले आफ्नो निर्वाचन क्षेत्रमा मात्रै योजना र बजेट खन्याउने परिपाटीले विकासमा असन्तुलन देखिएको भन्दै सभापति पुनले ७५३ वटै पालिकाको गुरुयोजना बनाई आवश्यकताका आधारमा मात्रै योजना छनोट गरिनुपर्ने बताए।

 

सम्बन्धित समाचार

उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व सम्पन्न
  • २०८१ कार्तिक १२, १६: १५

काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...

स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
स्थानीय निर्वाचनबारे छलफल गर्न मंसिर ४ गते दलहरूलाई बोलायो आयोगले
  • २०८१ कार्तिक १२, १६: १५

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...

दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका यादवलाई गगन थापाको सान्त्वना
  • २०८१ कार्तिक १२, १६: १५

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ अन्तर्गत धनकौलस्थित छठ घाटमा पुगेर छठ पर्वमा सहभागी भएका...