
काठमाडौं। काठमाडौंबाट भारतको राजधानी नयाँदिल्ली उड्न लागेको एयर इन्डियाको विमानमा बम राखेको अज्ञात समूहले सूचना दिएपछि चेकजाँच सुरु भएको छ।
दिल्ली उडान गर्न लागेको एयर इन्डियाको जहाजमा भारतबाट अज्ञात समूहले बम राखेको सूचना दिएपछि सुरक्षा निकायले चेकजाँच गरिहेको विमानस्थल प्रमुख जगन्नाथ निरौला जनाए।
सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको जहाजमा बम रहेको हल्लापछि नेपाल प्रहरी र नेपाली सेनाले सुरक्षा जाँच गरिरहेको छ।
गत कात्तिक ६ गते पनि भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखेको हल्लापछि खानतलासी गरिएको थियो।
भारतमा संचालित विमानहरुमा जहाजा राखिएको सूचना अज्ञात व्यक्तिहरुबाट आउने गर्दा भारतका वायुयानहरुले विगत एक महिना यता हैरानी, उडानमा ढिलाई आदिले गर्दा अर्बैं रकम घाटा बेहोरिरहेका छन्। तर, एक महिना यताका बम राखिएका सूचनाहरु सबै गलत भएको पुष्टि भएका छन्।
काठमाडौँ । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आज सम्पन्न हुँदैछ । पर्वको...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तहको निर्वाचनबारे राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको छ । आयोगले यस विषयमा छलफल...
काठमाडौं : सूर्य उपासना तथा आराधनाको पर्व छठ आज देशभर श्रद्धा, भक्ति र उत्साहका साथ मनाइएको छ । छठ पर्वको...