सानुबाबु सिलवाल
यसै हप्ताबाट अमेरिकाको १८ राज्यका झन्डै साँढे चार मिलियन कामदारहरुको पे चेक मोटाउने भएको छ । मतलब गत बर्षको दाजोमा वर्किङ्ग श्रमिकहरुको ज्याला बढ्न गै उनिहरुको पे चेकको सँख्यामा उल्लेखनिय परिबर्तन हुने भ एको छ । यि राज्यहरुमा निम्नतम ज्याला अब परिबर्तन भै काम गरि खाने वर्किङ्ग क्लासका श्रमिकहरुहरुको मुहारमा थप चमक देखिने छ र उनिहरुले अब आर्थिक राहत प्राप्त गर्नेछन भने भयो । तर , यो परिबर्तनले सघिय सरकारले तोकेको निम्नतम ज्यालादर सात डलर २५ सेन्टमा कुनै परिबर्तन भने आउने छैन । तर, कागज नभ एका अनडकुमेन्टेड प्रबासिहरु, ४० घण्टा वा त्यसमुनि रहेर यसको कमाइले आफु वा परिवारको खर्च धान्न नसक्ने र रोजगार दाताहरुसङ्ग प्रशस्त घन्टा लिने, करमा नदेखाउने र निम्नतम ज्यालामा काम गरि बढि घन्टा लिने र ४० घण्टा भन्दा माथिको वान एन्ड हाल्फ पेको अमेरिकिन सरकारको निति र कानुनलाइ छायामा पारि रोजगारदाता र कामदारदाताहरु बिचको मौखिक र ब्यबहारिक सम्झौतामा काम गर्दै गरेका तमाम प्रबासि र नगदमा काम गर्दै गरेका श्रमिकहरुको केसमा भने यो अहिलेको ज्याला ब्रिदिदर कागलाइ बेल पाक्यो हर्ष न बिस्मात भने भयो ।
साप्ताहिक वा पाक्षिक वा मासिक तलबमा बसेका र अन्य बाध्यात्मक परिस्थितिमा काम गर्दै गरेका श्रमिकहरुले समेत अहिलेको ज्याला ब्रिदिको राहत महसुस गर्न पाउने छैनन । तर , कम्पनि, सरकारि कार्यालय, राज्य स्तरका निकाय एबम कर्पोरेट क्षेत्रमा काम गर्ने, प्रोफेसनल श्रेत्रमा काम गर्दै गरेका र बोल्न लेख्न र अध्ययन गरेका श्रमिकहरु जो अबसर खोज्न सक्छन ति प्रबासिहरु चाहि लाभान्वित हुन सक्नेछन यो ज्याला ब्रिदिबाट । स्मरणीय कुरा के छ भने थुप्रै नेपालिहरु जो अमेरिकामा बस्छन र उनिहरुसङ्ग काम गर्ने इजाजत पत्र वा ग्रिन कार्ड वा नागरिक नै भैसकेका नेपालिहरु अझै पनि भारतिय, पाकिस्तानि वा अन्य मुलुकका प्रबासिहरुमा श्रम गर्ने गर्दछन । यस्ता रोजगार दाताहरुबाट बिबिध बाध्यात्मक परिस्थितिको लाभ उठाउदै नेपालि श्रमिकहरु प्रशस्त रुपमा शोषणमा पर्ने गरेका छन ।
यि त बाहिरि मुलुकका रोजगार दाताहरुका सबाल भ ए दुख लाग्दो कुरा त के छ भने नेपालि दाजुभाइ दिदिबहिनिहरु जो बोल्न सक्दैनन, जसका अङ्रेजि भाषा छैन, जो नया छन र जो अन्य आर्थिक एबम पारिवारिक बाध्यतामा बाचिरहेका छन तिनहरुलाइ काम दिएको नाममा हाम्रै नेपालि सामाजिक अभियन्ता साहुहरुबाट ठगिएका छन र ति साहुहरु खादा, नेतागिरि भाषण, सामाजिक पद, सम्मान र नेपाल सरकारबाट पस बाहुलिद्वारा सम्मानित छन । ठग, शोषण गर्ने र आफ्नै नेपालि दाजुभाइ दिदिबहिनिहरु जो निमुखा छन तिनका रगत पसिनामा गिर खेल्दै डलर कमाउने रत्यहि डलर समाज सेवाको नाममा दुधले नुहाउने र नुहाइदिने गरिएको छ । आबश्यक परे ति ठग र शोषकहरुको नाम उल्लेख गरौला कुनै दिन ।
ज्याला बढेका १८ राज्यहरु कुन कुन हुन र ति राज्यहरुमा कति ज्याला बढ्यो र अबको ज्यालादर कति हुनेछ ति राज्यहरुमा ?
१) अलास्का राज्य जहा ९ डलर ८४ सेन्टमा अब ४ सेन्ट बढ्न गै ९ डलर ८८ सेन्ट
२) एरिजोना राज्य १० डलर ५० सेन्टमा ५० सेन्ट बढ्न गै ११ डलर
३) क्यालिफोर्निया राज्यमा ११ डलरमा ५० सेन्ट बढ्न गै अब ११ डलर ५० सेन्ट
४) कोलोराडो राज्यमा १० डलर २० सेन्टमा ९० सेन्ट बढ्न गै अब ११ डलर १० सेन्ट
५) फ्लोरिडा राज्यमा ८ डलर २५ सेन्टमा १५ सेन्ट बढ्न गै ८ डलर ४० सेन्ट
६) हवाइ राज्यमा १० डलर १० सेन्टमा ८५ सेन्ट बढ्न गै १० डलर ९५ सेन्ट
७) मेन राज्यमा १० डलरमा १ डलर बढ्न गै अब ११ डलर
८) मिचिगन राज्यमा ९ डलर २५ सेन्टमा ३५ सेन्ट बढ्न गै ९ डलर ६० सेन्ट
९) मिनेस्टोटा राज्यमा ९ डलर ६५ सेन्ट रहेकोमा १५ सेन्ट बढ्न गै ९ डलर ८० सेन्ट
१०) मिजौरि राज्यमा ७ डलर ८५ सेन्टमा १५ सेन्ट बढ्न गै ८ डलर
११) मोन्टाना राज्यमा ८ डलर ३० सेन्टमा १५ सेन्ट बढ्न गै ८ डलर ४५ सेन्ट
१२) न्यु जर्सि राज्यमा ८ डलर ६० सेन्टमा १६ सेन्ट बढ्न गै ८ डलर ७६ सेन्ट
१३) न्युयोर्क राज्यमा १० डलर ४० सेन्टमा ७० सेन्ट बढ्न गै ११ डलर १० सेन्ट (निकट भबिश्यमै १५ डलर पुर्याइने यस राज्यमा)
१४) ओहायो राज्यमा ८ डलर ३० सेन्टमा १५ सेन्ट बढ्न गै ८ डलर ४५ सेन्ट
१५) रोड आइल्यान्ड राज्यमा १० डलर १० सेन्टमा ५० सेन्ट बढ्न गै १० डलर ६० सेन्ट
१६) साउथ ढाकोटा राज्यमा ८ डलर ८५ सेन्ट रहेकोमा २० सेन्ट बढ्न गै ९ डलर ५ सेन्ट
१७) भरमन्ट राज्यमा १० डलर ५० सेन्ट रहेकोमा ५० सेन्ट बढन गै ११ डलर
१८) वाशिङ्गटन राज्यमा ११ डलर ५० सेन्ट रहेकोमा ५० सेन्ट बढ्न गै १२ डलर ।
केहि राज्य जस्त न्युयोर्कमा सिटि अनुसार ज्यालामा तलमाथि छ भने फेडरल सरकारको न्युनतम ७ डलर २५ सेन्ट र हाल समग्र राज्य न्युरोर्कमा अब ११ डलर १० सेन्ट हुनेछ र निकट भबिश्यमा नै १५ डलर पुर्याउन युनियन र आम पब्लिकबाट ठुलो दबाब सिर्जना भ एकाले निकट भबिश्यमै १५ डलर बनाइने पुर्बानुमान गरिएको छ । साना श्रमिक, थोरै कमाउने श्रमिकहरुका लागि भर्खरै ट्रम्प एबम रिपब्लिकन दलको कर कटौति निति एबम राहतबाट थप राहत मिल्ने अनुमान गरिएको छ भने धेरै आम्दानि गर्दा प्राप्त सामाजिक सुबिधा फुडस्ट्याम्प र मेडिकेड चाहि गुम्न सक्छ ।
१. नयाँ बजेटको पर्खाईमा मुलुक २०८२सालको आकस्मिक आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाएको जनमतको सदुपयोग भनेको जनताको सेवाको अवस्थाले मापन...
१. नीति तथा कार्यक्रम विरोधका बिच पारित भयो नेपाल सरकारको २०८३—८४सालको लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम वैशाख २८...
१. अध्यादेशपछिको राजनीतिक अवस्थाः कानुनको शासन कि कानुनद्वारा शासन ? राष्ट्रिय स्वतन्त्र पार्टी—रास्वपा—को सरकार बनेपछि एउटा प्रश्न टड्कारोसँग उठेको...